Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अमेरिकामा `रातो घर` प्रिमियर

फिल्मीखबर, क्यालिफोर्निया, 2015/12/29
कालो काम गर्नेको सेतो कथा भनिएको फिल्म ‘रातो घर’को प्रिमियर अमेरिकामा गरिएको छ । अमेरिकाको क्यालिफोर्नियामा पर्ने ओकल्याण्ड शहरमा आइतवार साँझ फिल्मको प्रिमियर गरिएको हो ।  
 
 
 
 
 
फिल्म प्रिमियरमा सहभागी हुन निर्देशक सुरज सुब्बा 'नाल्बो' केही दिन अगाडी अमेरिका आएका थिए । हिमालयन फेस्टिबल अमेरिकाले आयोजना गरेको उक्त प्रिमियर शोमा अभिनेता सुधांशु जोशी, गायिका नलिना चित्रकार र आस्था राउत, वितरक मनोर राठीको उपस्थिती थियो । 
 
 
निर्माता समेत रहेका निर्देशक सुब्बाले योसंगै अमेरिकाका बिभिन्न शहरमा फिल्म प्रदर्शन गर्ने बताए । विल्सन विक्रम राई र निकेश लिम्बुको पनि लगानी रहेको यो फिल्ममा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहाडी, मेनुका प्रधान लगायतका कलाकारको अभिनय छ ।
Most Visited News (monthly)