Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तस्करको फन्दामा बिनिता बराल ! (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2015/12/28

माघ २२  रिलिज भनिएको फिल्म 'सुपरहिट'को नयाँ गीत सार्वजनिक गरिएको छ । 'तस्करीमा' बोलको गीतमा अभिनेत्री बिनिता बरालसँगै अन्य कलाकारहरु फिचरिङमा छन् । केहि महिना पहिले अध्ययनको लागी अमेरिका पुगेकी बिनिताको रिलिज हुन बाँकी फिल्म सुपरहिट  र उमंग मात्र हो ।

सार्वजनिक गीतमा स्वर सुरेश राई र निरञ्जन पाण्डेको छ भने संगीत सुरेश राई र बबी घतानीको छ । शब्द अभिनेत्री बरालले नै लेखेकी हुन् । फिल्म पब्लिसिटीको लागी बराल नयाँ बर्ष २०१६ को छेकोमा नेपाल आउने तयारीमा रहेको निर्माता सौरभ ढकालले बताए । 'सुपरहिट' निर्देशनमा सौरभसँग निरञ्जन पाण्डेले सहकार्य गरेका छन् । फिल्ममा विनितासँगै दिव्यदेव, शिशिर राणा, मञ्जु श्रेष्ठ लगायत लिड रोलमा छन् ।

 

Most Visited News (monthly)