Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुनबाटै दीपक दीपाको फिल्म

फिल्मीखबर, काठमाडौं, 2015/12/30

'६ एकान ६' र 'वडा नम्बर ६' बनाएपछि चर्चित निर्माताको रुपमा कहलिएका हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला जापान पुगेका छन् । नयाँ बर्षको अवसरमा आयोजना हुने कार्यक्रमका लागि यो जोडी जापान पुगेको हो ।

जापानमा फिल्म 'वडा नम्बर ६'को पनि शो गर्ने तयारी यो जोडीले गरेको छ । करिब एक साता जापान बसेर यो जोडी नेपाल फर्कनेछ र नयाँ फिल्मको तयारीमा लाग्नेछ । नयाँ फिल्म वैशाख महिनाबाट सुरु गर्ने बताएका दीपकले अब फागुनमै छायांकनमा जाने तयारी गरेका छन् । फिल्मको कथावस्तुलाई प्राय सस्पेन्समा राख्न रुचाउने दीपकले यसपटक पनि फिल्मको कथा खुलाएका छैनन् । सँगैसँगै नाम पनि गोप्य नै छ ।

उनको फिल्मको निर्देशन सहकर्मी दीपाश्रीले गर्छिन् या गर्दिनन् भन्ने अहिले नै पक्का नभएको बताए । तर, 'छ भने माया छपक्कै लाइदेउ' नाम राखेर दीपाले निर्देशन गर्ने भनिएको फिल्म भने नवन्ने भएको छ । सिरियल 'तितो सत्य' बन्द भएपछि केही फुर्सदिला बनेका दीपक र दीपा फिल्मबाट नै राम्रो फाइदा भएपछि यसतर्फ आकर्षित देखिएका छन् । यसैले बर्षमा एउटा फिल्म बनाउने अभियानमा यो जोडी लागेको छ ।

Most Visited News (monthly)