Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्वेताले बाँडिन् न्यानो लुगा

फिल्मीखबर, काठमाडौं, 2015/12/29

अभिनेत्री श्वेता खड्काले चण्डोल स्थित घर आँगन नेपालका बालबालिकालाई न्यानो लुगा वितरण गरेकी छिन् । श्वेताले अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्म तिथिको अवसर मंगलबार पारेर घर आँगनामा आश्रित १५ जना बालबालिकालाई जाडोका कपडा वितरण गरेकी हुन् । उनले मोजा देखि लिएर टोपीसम्म वितरण गरेकी थिइन् । कपडा वितरणका लागि उनलाई बसन्त श्रेष्ठले समेत साथ दिएका थिए ।


उनले अभिनेता श्रीकृष्ण श्रेष्ठले पनि जन्मदिनका दिन यसरी नै समाजसेवा गर्ने गरेकाले उनकै सिको गर्दै समाजसेवाको कामलाई निरन्तरता दिएको बताइन् ।‘ कार्यक्रमकै दौरान श्वेताले तत्कालै फिल्ममा फर्कने योजना नरहेको पनि स्पष्ट पारिन् । ‘निरन्तरता  त दिन्छु,’ उनले भनिन् , ‘तर तत्काल होइन ।’ उनले अरुका फिल्ममा अभिनय गर्ने सोच पनि नभएको बताइन् ।


घर आँगन नेपालमा अनाथ तथा शारीरिक अपाङ्ग बच्चालाई भरण पोषण गरिँदै आएको छ । संस्था प्रमुख दीपक सिलवालले श्वेताको सहयोगले बालबालिकालाई जाडो कटाउन मद्दत गर्ने बताए । ४ वर्ष अघि स्थापित संस्था दीपकले आफ्नै लगानीमा चलाईरहेका छन् ।

Most Visited News (monthly)