आउँदो प्रेम दिवस नेपाली फिल्म प्रेमी दर्शकका लागि बिशेष हुने देखिएको छ । प्रेम कथाले भरिपूर्ण भएका तीन फिल्म 'क्लासिक', 'प्रेम गीत' र 'चलेछ बतास सुस्तरी'का सार्वजनिक गीतले यस्तै छनक दिएको छ ।

'प्रेम गीत'को गीत बर्षकै उत्कृष्ट गीतको लिस्टमा परेका बेला फिल्म 'क्लासिक'को भर्खरै सार्वजनिक गीतले पनि उत्कृष्टको लिस्टमा आफूलाई उभ्याउनेमा दुई मत देखिन्न । 'चलेछ बतास सुस्तरी'को गीत पनि उत्तिकै राम्रो देखिन्छ ।
फिल्म 'क्लासिक'को 'सुनौलो हर दिन लाग्यो...' बोलको सार्बजनिक गीतमा आर्यन सिग्देल र नम्रता श्रेष्ठको प्रेमिल 'केमेष्ट्री' जमेको देखिन्छ । केहि दिन अगाडी सार्बजनिक गरिएको ट्रेलरबाट प्रशंशा पाईसकेको यो फिल्मको प्रस्तुत गीतले पनि दर्शकको मन पक्कै जित्नेछ ।
फिल्मका निर्देशक दिनेश राउतको शब्द रहेको प्रस्तुत गीतमा मेलिना राई र कोशिस क्षेत्रीको स्वर रहेको छ भने संगीत ताराप्रकाश लिम्बुको रहेको छ । राजेश श्रेष्ठको कुशल छायाँकन देखिने प्रस्तुत गीतको करियोग्राफी रेनशा बान्तवा राईले गरेकी हुन् ।
सुवास इन्टरटेन्टमेन्ट र आर्यन सिग्देल इन्टरटेन्टमेन्टको दोश्रो प्रोजेक्ट 'क्लासिक'मा सुवास गिरीको लगानी छ । 'नोभेम्बर रेन'बाट सफलताको स्वाद चाखिसकेको निर्माण युनिट 'क्लासिक'बाट पनि सफलताको अपेक्षामा छ । दृष्टिबिहिन दुई पात्रको प्रेमसम्बन्ध वरिपरि घुमेको यो फिल्म माघ २९ गते प्रदर्शन हुँदैछ |

