Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘काफल पाक्यो’लाई कसले पकाउने ?

फिल्मीखबर, काठमाडौं, 2015/12/30

कहिलेकाही कलाकार नहुँदा फिल्मको प्रचारमा ठूलो घाटा लाग्ने गरेको छ । अहिले फिल्म ‘काफल पाक्यो’को पनि ै हालत यस्त छ । फिल्मका मुख्य भूमिकामा अभिनेता जीवन लुइटेल छन् । तर, जीवन अमेरिकामा रहेकाले नेपालमा यो फिल्मको प्रचार गर्ने कलाकार छैनन् । फिल्ममा बर्षा राउत मुख्य भूमिकामा छिन् । तर, बर्षा पनि फिल्म देखाउने भन्दै मलेसिया पुगेर लामै समय बसिन् ।


माघ १ गते प्रदर्शनमा आउने भनिएको यो फिल्मको प्रचार गति कछुवा हिडाइ  देखिएको छ । बर्षा नेपाल त आइसकेकी छिन्, तर फिल्म यूनिटले दर्शकलाई फिल्म आउँदैछ भनेर जानकारी समेत गराउन सकेको छैन । यसैले पनि ट्रेलरबाट चर्चा बटुलेको फिल्मका लागि व्यापाक प्रचार गरिरहेको फिल्म ‘फन्को’सँग भिड्नु फलामको चिउरा चपाए जस्तै हुने देखिएको छ । सावित्री खत्रीले निर्देशन गरेको यो फिल्मले अहिले प्रचारका लागि कलाकार पाएको छैन । राम्रा फिल्महरु दर्शकको जानकारीमा नपुग्दा असफल हुने गरेका थुप्रै उदाहरण देखिन्छन् ।

Most Visited News (monthly)