Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सञ्चारकर्मीले हेरे ’धौली’, प्रतिक्रिया यस्तो

फिल्मीखबर, काठमाडौं, 2015/12/31

गत हप्ता मोफसलमा रिलिज भएको तथा यो शुक्रबारबाट राजधानीमा प्रदर्शनमा आउने फिल्म ’धौली’को बुधबार राजधानीमा प्रेस शो गरियो । बागबजार स्थित एक हलमा गरिएको शो मा फिल्म हेर्न सञ्चारकर्मी तथा फिल्म क्षेत्रका केहि व्याक्तिहरुको सहभागिता थियो । शो मा फिल्म युनिट र कलाकारहरुले पनि सँगै बसेर फिल्म हेरे ।

 



टिपिकल नेपालीपना बोकेको यो फिल्मलाई धनश्याम लामिछानेले निर्दशन गरेका हुन् । फिल्म हेरिसकेपछि दर्शकहरुले नेपाली समाजको यथार्थपना बोकेको ’धौली’ फिल्ममा ’धौली’कै भूमिकामा देखिएकी अभिनेत्री गीता अधिकारीको राम्रो तारिफ गरे । डेब्यु निर्देशनमा निर्देशक लामिछानेले गरेको कामको पनि चर्चा राम्रै रह्यो ।



मोफसलमा औसत बिजनेश गरेको फिल्मले राजधानी रिलिजमा कस्तो प्रतिक्रिया पाउँछ त्यो भने शुक्रबार रिलिजपछि थाहा हुनेछ । फिल्ममा सम्भु थापा, किरणकुमार आत्रेय, सन्तोषकुमार आत्रेय र नरबहादुर गोदारको लगानी छ भने गीता अधिकारी, विष्णु गौतम, गजित बिष्ट, अनु शाह, निशा नेपाल, प्रकाश घिमिरे, विधा कार्की तेज कार्की, लगायतको अभिनय छ ।

Most Visited News (monthly)