भ्यालेन्टाईन रिलिज तीन फिल्म अहिले प्रचारमा को भन्दा को कमको रणनीतिमा छन् । ’प्रेम गीत’, ’क्लासिक’ टिमले ट्रेलर तथा गीत रिलिज गर्दै भाईरल बनाउने योजनामा लागिरहँदा अर्को प्रतिस्पर्धी फिल्म ’चलेछ बतास सुस्तरी’ले पनि प्रचार थालेको छ । फिल्मले अडियो जुकबक्स युट्युवमा रिलिज गरेको छ ।
‘चलेछ बतास सुस्तरी’मा संगीत विकास चौधरीको छ । गीत सुन्दा यो फिल्मको पनि सांगितिक पक्ष बलियो रहेको आभाष हुन्छ । फिल्मलाई प्रदिप भारद्वाजले निर्माण गरेका हुन् । सवु सुवेदी र अनिला खड्का निर्दे्शित यो फिल्ममा शुष्मा कार्की, प्रमोद भारद्वाज लिड रोलमा छन् ।
चर्को प्रतिस्पर्धामा तीन फिल्म रहने देखिँदै गर्दा अघि र पछि को पर्छ त्यो भने पछि नै थाहा होला । निर्माण युनिटले यो फिल्मको सशक्त पक्ष नै गीतसंगीत मानेको छ । यस्तै केहि दिनमा नै ट्रेलर फाल्ने तयारीमा निर्माण टिम जुटेको छ ।

