’फन्को’ फिल्म यतिबेला फेसबुकमा भाईरल जस्तै छ । ’ठुङ्दे’बोलको गीतले राम्रै चर्चा पाउँदा ’ठुङ्दे’, ’ठुङ्दे’ अंकित स्ट्याचु नै बनाएर निर्माण टिम प्रचारको नयाँ शैलीमा लागेको छ । निर्माण टिमले मात्रै होईन्, फिल्म शुभचिन्तक धेरैले यस्तो प्रकारको तस्विर बनाउँदै फेसबुकमा अपलोड गरेर प्रचारलाई साथ दिएका छन् ।
निर्माता नरेन्द्र महर्जनदेखी संगीतकार चेतन सापकोटा तथा फिल्मसँग जोडिएका धेरैले निर्मातको यो प्रकारको रणनितीलाई खुलेर साथ दिएको पाईएको छ । संगीतकार सापकोटाले आफै गाएको यो गीतले राम्रै हाईप लिँदै गर्दा त्यसैलाई सदुपयोग गर्दै निर्माण युनिटले नयाँ शैली अपनाएको हो ।’फन्को’ले आरम्भ गरेको यो अभियानलाई देशका प्रमुख शहरका सिनेमाहलहरुमा स्ट्याचु राख्ने र दर्शकहरुलाई फोटो खिचाएर फेसबुक वालमा राख्न अनुरोध गरिएको निर्माता महर्जनले बताए ।

साथै मुख्य शहरका बिभिन्न चोक चौताराहरुमा समेत यो अभियानले स्थान पाउने निर्माता महर्जनको भनाई छ । सुवर्ण थापा निर्दे्शित यो फिल्ममा सौगात मल्ल,दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, लगायतका कलाकारको अभिनय रहेको छ ।

