Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्रोनमा `रातो घर`को प्रदर्शन | सुरज सुब्बा सम्मानित

फिल्मीखबर, क्यालिफोर्निया, 2016/01/20
भुटनिज कम्युनिटी एसोसिएसन अफ एक्रोनको आयोजनामा आमेरिकाको ओहायो राज्यको एक्रोनमा नेपाली फिल्म 'रातो घर'को प्रदर्शन गरिएको छ । गत १७ तारिखका दिन नेपाली समुदाय बिच प्रदर्शन भएको उक्त फिल्मका निर्देशक सुरज सुब्बालाई सोही समारोहमा सम्मान समेत गरियो । 
 
 
यस्तै फिल्म प्रदर्शनको अघिल्लो दिन फिल्म मेकिङका बिषयमा सेमिनार समेत गरिएको निर्देशक सुब्बाले जानकारी दिए । सेमिनारमा क्फिलेण्ड, कोलोम्बोस र ग्रेटर एक्रोनबाट झन्डै १०० जनाको उपस्थिती रहेको सुब्बाको भनाई छ ।
 
कालो काम गर्नेको सेतो कथा भनिएको फिल्म ‘रातो घर’को हाल अमेरिकाका बिभिन्न राज्यका बिभिन्न शहरमा प्रदर्शन हुने क्रम जारी छ । निर्देशक सुब्बा झन्डै तीन महिनाको अमेरिका बसाईका क्रममा दर्जन भन्दा बढी शहरमा फिल्म प्रदर्शन गर्ने योजनामा छन् । 
 
विल्सन विक्रम राई र निकेश लिम्बुको पनि लगानी रहेको यो फिल्ममा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहाडी, मेनुका प्रधान लगायतका कलाकारको अभिनय छ । 
 
 
कार्यक्रमको भिडियो हेर्नुस् 
 

Most Visited News (monthly)