हट अभिनेत्रीको छबि बनाएकी सुष्मा कार्कीको पछिल्ला रिलिज केहि फिल्म विवादित पनि बने । बिन्दास नायिका सुष्माको ग्ल्यामरस अबतारले पुष माघको जाडोलाइ पनि राम्रै चुनौती दिन्थ्यो । तर यो पटक उनी केहि शालिन देखिएकी छिन् ।
रिलिजको तयारीमा रहेको फिल्म 'चलेछ बतास सुस्तरी'को एक कार्यक्रममा उपस्थित हुँदा हप्ता दिन पहिले उनी साडी, ब्लाउजमा देखा परिन् । सायद फिल्ममा पनि उनी शालिन अबतारमा छिन् होला त्यसैको प्रभाव कार्यक्रममा देखिएको हुनपर्छ ।

अनिला खड्का र सबु सुवेदी निर्देशित यो फिल्ममा उनले नयाँ अभिनेता प्रमोद भारद्वाजसँग अनस्कृन रोमान्स गरेकी छिन् । 'सो सिम्पल' डेब्यु अभिनेता प्रमोद र सुष्मा दुबैले 'चलेछ बतास सुस्तरी' करियरकै उत्कृष्ट फिल्म भन्दै डेब्यू फिल्म भनेर प्रचारमा लागिरहेका छन् । त्यसैले यसअघि फिल्म गरिसकेका कलाकारले डेब्यूको संज्ञा दिएको फिल्ममा दर्शकले पनि आशा गर्ने ठाउँ धेरै छन् । तर, माघ २९ को अन्य दुई चर्चित फिल्मसँगको प्रतिस्पर्धी यात्रा भने सोचे अनुसार सहज नहुन सक्छ ।
निर्माण टिमले मेकिङमा तथा फिल्मको प्रस्तुतीमा कुनै कन्जुस्याईँ नगरेको भन्दै दर्शकको साथ पाउनेमा आशा व्यक्त गरिसक्दा प्रमोद र सुष्मा पनि यो कुरामा सहमत देखिएका छन् । पुराना पुस्ताका राजेश हमालदेखी धेरै कलाकारहरुसँग पर्दामा रोमान्स गरिसकेकी सुष्माको करियरमा प्रमोदसँगको रोमान्स फाप्छ कि नाईं त्यो समयले बताउला ।

