Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

फन्को भयो त हिट ?

फिल्मीखबर, काठमाडौं, 2016/01/20
माघे संक्रान्ती रिलिज फिल्म 'फन्को' अहिले हलहरुमा प्रदर्शनको क्रममा छ । स्टारकास्टले भरिएको 'फन्को' निर्माण टिमको दाबी अनुसार फिल्मले मंगलबार सम्म ८५ लाखको ग्रस कलेक्शन गरेको छ । यो  बिजनेशलाई निर्माताहरुले राम्रो भनेका छन् । तर निर्माताले भने अनुसार फिल्म हिट भयो त ? प्रदर्शनको छैटौँ दिनमा आउँदा यो प्रसङ्ग उठ्नु स्वभाविक हो ।
 
हिट हुन फिल्मले करिब २ करोडको बिजनेश गर्नुपर्ने यसअघि आयोजित एक कार्यक्रममा निर्माता नरेन्द्र महर्जनले बोलेका थिए । तर ८५ लाखको बिजनेश गर्दैगर्दा निर्माण टिमले फिल्म हिट लिस्टमा परिसकेको दाबी गर्न थालेको छ । जानकारीमा आए अनुसार फिल्मको बजेट ६५ लाख हो । नेपालमा ६ दिनमा ८५ लाखको बिजनेश गरको फिल्मको लगानी हेर्दा फिल्म हिट भएको आधार देखिँदैन् । तर नेपालको शो मात्र नभई विदेशको बिजनेशले फिल्मको लगानी रिकभर भएको निर्माताहरु बताउँछन् । 
 
सुवर्ण थापा निर्देशित फिल्मले निर्देशकिए पाटोबाट आशा गरिए अनुसार रिभ्यू भने पाउन सकेको छैन् । तर पनि हलमा रहुन्जेल दर्शकले ईन्जोई गर्नुलाई निर्माता सहदेव गौतम सफलता सम्झिन्छन् । बेल्जियममा रहँदै आएका सहदेवसँगै पदम गुरुङ र नरेन्द्र महर्जन निर्माता रहेको यो फिल्मले दोश्रो हप्ता पनि हल राम्रै कब्जा गर्नसक्छ ।  यो हप्ता ठुला फिल्म रिलिज नहुँदै गर्दा दर्शक हलमा आएको खण्डमा बिजनेशमा समेत केहि कमाल गर्नसक्छ ।
 
'फन्को'ले सिंगल थिएटरसँगै मल्टिप्लेक्समा पनि दर्शकको राम्रो साथ पाएको र मंगलबार तथा बुधबार तुलनात्मक रुपमा चाप बढेको दाबी निर्माताको छ । बितरक समेत रहेका निर्माता नरेन्द्र महर्जनले हेटौँडाबाटै फिल्मको बिजनेशमा खुसी व्यक्त गरे । यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, सौगात मल्ल, अनुप बराल लिड रोलमा छन् । निर्माताले समाचारमा लेखाएजस्तै फिल्मको बिजनेश राम्रो हो भने पक्कै पनि सफलता मान्नुपर्छ  ।
Most Visited News (monthly)