Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सविनले केकी भगाउँदा `बास्टर्ड` बाधक !

फिल्मीखबर, काठमाडौं, 2016/01/20
चलचित्र जाँच पास गर्ने निकाए सेन्सर बोर्डको काम नै काँटछाँट गरेर दर्शकलाई नपच्ने कुरालाई हटाउनु हो । तर कहिलेकाहिँ निर्देशकले फिल्म भित्र खास सिक्वेन्स मिलाउन प्रयोग गर्ने शब्द नै सेन्सरको नजरमा पर्छ अनि काटिन्छ तर निर्देशकलाई तनाब उत्पन्न हुनसक्छ  । चैत्र ५ रिलिज फिल्म 'भाग सानी भाग'  टिमलाई यस्तै भयो रे ! बुधबार भएको सेन्सरमा फिल्म भित्रका केहि संवाद काँटछाँट भएर । 
 
निर्देशक नवल नेपाल तथा कार्यकारी निर्माता रहेका संगीतकार चेतन सापकोटा एक स्वरमा गुञ्जिए, 'बास्टर्ड' शब्द सेन्सरमा काटियो, अरु फिल्म जे को त्यही छ । निर्माण टिमबाट जानकारीमा आए अनुसार फिल्मले सेन्सरबाट सबै बर्गका दर्शकले हेर्न पाउनेगरी 'युनिभर्सल' सर्टिफिकेट पाएको छ । निर्देशक नवल नेपाल पुर्णत पारिवारिक फिल्म बनाएको तथा मनोरञ्जनको राम्रो खुराक बनेको भन्दै दर्शकको माया पाउनेमा आशावादी देखिए । 
 
'भाग सानी भाग'मा केकी अधिकारी, सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश बुढाथोकी, रबिन्द्र खड्का, सुशिल पोखरेल लगायत अभिनयमा छन् । विष्णु चापागाईं प्रस्तुतकर्ता रहेको फिल्ममा सहदेव गौतम र बिलोल पोखरेलले लगानीमा साझेदारी गरेका छन् ।
Most Visited News (monthly)