Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिश्मालाई ऋचाको चुनौती

फिल्मीखबर, काठमाडौं, 2016/01/20
फागुन ७ मा सदाबहार अभिनेत्रीको उपमा पाएकी करिश्मा मानन्धरको फिल्म 'फागु' रिलिज हुँदैछ । यो मितिमा अन्य फिल्म रिलिजको सुईंको थिएन् । तर बुधबार राजधानीमा कार्यक्रम गर्दै फिल्म 'को आफ्नो' सोही मितिमा रिलिज हुने जानकारी गराईयो । जसले गर्दा करिश्माको 'फागु'लाई 'को आफ्नो' लिड अभिनेत्री ऋचा शर्मा चुनौती बन्ने देखिएको छ ।
 
यसअघि अमेरिकामा भब्य प्रिमियर गरिएको 'को आफ्नो'ले अमेरिकन दर्शकबाट राम्रो प्रतिक्रिया पनि पाएको थियो । हालसम्मका सबै फिल्मभन्दा पृथक भूमिकामा देखिएकी ऋचाको अभिनयको चौतर्फी तारिफ अमेरिका प्रिमियरमा भएको थियो  । यस्तै करिश्मा मानन्धर तथा बिनोद मानन्धरले १२ बर्षपछि निर्माणमा हात हालेर बनाएको 'फागु'मा शिल्पा पोखरेल र सुबास पराजुली लिड रोलमा छन् । केहि हप्ता पहिले राजधानीमा गरिएको कार्यक्रममा मधेशी मुलको पारिवारिक कथा तथा प्रेम कहानी बोल्ने यो फिल्मबाट करिश्मा निकै आशाबादी देखिएकी थिईन् । 
 
 
अर्को तर्फ 'को आफ्नो'लाई मल्टिप्लेकस तार्गेटेड मानिएको छ भने 'फागु' सिंगल थिएटर लक्षित फिल्म हो । 'फागु'मा गौरी मल्लदेखी राजेश हमालसम्म समेटिएका छन्  । सम्झना उप्रेतीले निर्देशन गरको 'फागु'लाई अनिल थापाको 'को आफ्नो' राम्रो प्रतिस्पर्धी बन्नसक्छ । प्रतिस्पर्धा राम्रै हुने भए पनि फिल्म कस्तो बनेको छ र दर्शकलाई मिठो स्वाद दिन को सफल हुन्छ त्यसैले बाजी मार्नेमा भने शंका छैन् ।
 
Most Visited News (monthly)