
नायिका नम्रता श्रेष्ठको नाममा बनेको गीत ‘हे नम्रता’ मा नायिका श्रेष्ठ आफैले नृत्य गरेकी छिन् । बडादसैंमा देशभरी एकैसाथ आउने हास्यप्रधान चलचित्र ‘अधकट्टी’को उक्त आइटम गीतमा नम्रता आफैले नृत्य गरेकी हुन् । ‘मेरो नाममै गीत बन्ने भएपछि म चलचित्रमा नाच्न तयार भएकी थिएँ’'नम्रता भन्छिन् ।

फिल्म निर्माता तथा अभिनेता रेश मरहठ्ठा 'एशिया युथ आइकन अफ दि ईयर'बाट सम्मानित भएका छन् । सोमबार सिंगापुरमा एक समारोहका बिच रेश सम्मानित भएका हुन् ।

हरिवंश आचार्यले गाएको नयाँ गीत सार्वजनिक गरिएको छ । 'चुच्चे हिमालमा' बोलको सार्वजनिक गीतमा उनकै शब्द तथा संगीत छ ।


नृत्य निर्देशक गोविन्द राईले दोश्रो फिल्म निर्देशन गर्ने भएका छन् । नृत्य निर्देशक राईले निर्देशन गर्ने दोश्रो फिल्ममा उनले केही प्रतिशत लगानीमा समेत सहकार्य गरेका छन् । गोविन्दको निर्देशन एंव सह निर्माण रहने फिल्मको संगीत रेकर्डिङ कार्य गरिएको छ । फिल्मको शिर्षक भने जुराउन बाँकी रहको गोविन्दले बताए ।

हुनत, नेपाली फिल्ममा लागिसकेपछि कलाकारहरुले प्रेमी र प्रेमिका सार्वजनिक गर्दैनन् । बिहे गरेकाले पनि गरेको छैन भन्छन् ।तर, अभिनेत्री नीता ढुंगानाले आफ्नो प्रेमी फेसबुकबाटै सार्वजनिक गरिन् । कलाकार आमेष भण्डारीलाई आफ्नो प्रेमिको रुपमा चिनाएकी नीताले यसपछि भने उनीसँग खिचिएका तस्बिर सधै जसो फेसबुकमा राख्छिन् ।

