पछिल्लो समय अभिनेत्रीहरु गायन तथा साहित्यिक विधामा पनि सकृय बन्दैछन् । आफ्नो परिचयलाई फराकिलो बनाउने ध्याउन्नमा अभिनेत्रीहरु लागिरहँदा पुरानी अभिनेत्री गौरी मल्लले पनि ‘एकल कविता वाचन’ गर्ने भएकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले यो कुरा खुलाईन् ।
आफ्नो एकल कविता वाचन गर्ने सोख रहेको बताउँदै गौरीले एक दुइ सय जनाको अगाडी प्रस्तुती दिने धोको पोखिन् । उनले आफ्नै जीवन भोगाईसँग जोडिएका विभिन्न पाटोहरुलाई कविताको रुपमा लिपिबद्ध गरेको संकेत गर्दै त्यसलाई एकसाथ सार्वजनिक गर्ने ईच्छा व्यक्त गरेकी हुन् । तर उक्त कार्यक्रमको स्थान र मिति भने तय भएको छैन् ।
पछिल्लो पटक रेखा थापादेखी प्रियंका कार्की र पूजा शर्मासम्मले गायन विधामा समरत पाईला चलाउँदै गर्दा गौरी भने साहित्यिक क्षेत्रमा झुकाव राख्न पुगिन् । फिल्मलाई पनि साहित्यको एक पाटोको रुपमा लिईने गरेपनि नेपालमा त्यो ट्रेण्ड विकास छैन ।

