Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

चिसोमा चिया कफी खान पलको आग्रह, आयो `नाई नभन्नू ल ४`को गीत (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/01/22

मीठो संगीत, इमोसनल कथा र मन छुने संवाद  ‘नाई नभन्नू ल’ सिरिजका विशेषता हुन् । अझ संगीत त फिल्मको मुटुनै भनेपनि हुन्छ । कथालाई अभिव्यक्त गर्ने हिसाबले आउने गीतले ‘नाई नभन्नु ल’का हरेक सिरिजलाई दर्शक माझ प्रतिच्छित बनाउन मद्धत गरेका छन् । यसअघि एउटा गीत दर्शक माझ छाडेर दर्शक माझ बलियो उपस्थिति जनाईसकेको फिल्म ‘नाई नभन्नू ल ४’ ले शुक्रबार दोस्रो गीत सार्वजनिक गरेको छ ।

 

युवा पुस्तालाई लक्ष्य गरी तयार गरिएको ‘चिया कफी’बोलको गीत युट्ब मार्फत् सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा पल शाह र आँचल शर्मालाई देख्न सकिन्छ । म्युजिक भिडियो मोडलका रुपमा चर्चित पल शाहले यही फिल्म मार्फत् डेब्यु गरेका हुन् भने आँचलले पनि केही म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । आँचलको पनि यो डेब्यु फिल्म हो ।
बसन्त सापकोटाको संगीत रहेको गीतलाई सुगम पोखरेल र इन्दिरा जोशीले गाएका हुन् । गीतमा बसन्त सापकोटाकै शब्द रहेको छ । गीतमा कलाकार नचाउने काम कविराज गहतराजले गरेका हुन् । गीतको एरेन्ज एलिस कार्कीले गरेका हुन् ।


विकास आचार्यको निर्देशन रहेको फिल्मलाई आचार्य स्वयंले निर्देशन गरेका छन् । उनलाई लेखनमा भने सामीप्यराज तिमल्सेनाले सघाएका छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत देख्न सकिन्छ । दिनेश पोखरेल र हरिबोल भण्डारी निर्माता रहेको फिल्ममा  सरोज खनाल, प्रियंका कार्की र अनुभव रेग्मीलाई महत्वपूर्ण भूमिकामा देख्न सकिन्छ । मोडल वर्षा राउतले पनि यही फिल्मबाट डेब्यु गर्दैछिन् ।

हेर्नुस गीत

 

Most Visited News (monthly)