माघ २९ गतेबाट प्रदर्शनमा आउँदैछ फिल्म ‘क्लासिक’ । यो फिल्मलाई लिएर अहिले सिंगो फिल्म नगरि चर्चामा छ । फिल्मका मुख्य कलाकार आर्यन सिग्देल र नम्रता श्रेष्ठ पनि ‘क्लासिक’बाट आशावाद छन् । निर्माता सुवास गिरीदेखि निर्देशक दिनेश राउतका लागि पनि ‘क्लासिक’ विशेष छ ।
उच्च प्रमोशनका साथ अगाडि बढेको ‘क्लासिक’सँग अन्य २ फिल्म पनि जुध्दैछन् । फिल्म ‘प्रेमगीत’ र ‘चलेछ बतास सुस्तरी’ यो मितिमा ‘क्लासिक’सँग भिडन्त गर्दैछन् । कतिपयले यो भिडन्तलाई इगोको रुपमा पनि वुझेका छन् ।तर, फिल्मका निर्माता तथा अभिनेता आर्यन सिग्देल भने यो भिडन्तलाई आफैसँगको लडाईको लिएको बताए । उनले सँगै रिलिज भएका फिल्मसँगको प्रतिस्पर्धा भन्दा आफ्नै अघिल्लो फिल्म आफ्ना लागि चुनौति भएको बताएका हुन् ।
उनका अनुसार उनी आफ्नो अघिल्लो फिल्म ‘नोभेम्बर रेन’सँग भिडन्त गर्दैछन् । ‘नोभेम्बर रेन’ भन्दा ‘क्लासिक’ आफूले राम्रो काम गर्न नसके त्यो आफ्नो कमजोरी हुने उनले बताए । नोभेम्बर रेनको भन्दा राम्रो काम गरेको र फिल्म पनि दर्शकलाई मनपर्ने बनाएकाले आर्यनले आफूसँग आफ्नै चुनौतीको रुपमा क्लासिकलाई वुझेका छन् ।

