रणवीर कपुर र कट्रिनाको ब्रेक अपको समाचार पूराना भईसक्यो । बिहे मिति सार्वजनिक होला भन्ने आशमा बसेका धेरैको लागि यो समाचार कुनै शक भन्दा कम थिएन । किनकी उनीहरुको इंगेजमेन्ट भईसकेको खबर बाहिरिएको थियो । तर ‘तमाशा’ले दुवैको लभ अफेयरमा तमाशा देखाईदियो ।
बलिउडमा जहिले पनि कोही अर्को मानिस अफेयर ब्रेक हुने कारण बन्छ । रणवीरले पनि कट्रिनासँग चक्कर चलाउनु अघि दीपिका पादुकोणलाई धोका दिएका थिए । अहिले दुवैको ब्रेक अप पछि पनि दोस्रो मानिसको हात हुन सक्ने बलिउडमा अड्कल जारी छ ।
तर कट्रिनाले सबैको अनुमानलाई गलत साबित गर्दै ‘फितुर’को प्रमोसनमा देखिएका छन् । कट्रिनाले आफूलाई कमजोर नदेखाउँदै प्रमोसनमा आदित्य रोय कपुरसँग देखिएकी थिइन् । कट्रिनाले अन्य समय भन्दा झन् धेरै समय दिएको भन्दै निर्माण समूह पनि मख्ख रहेको स्रोतको दाबी छ ।ब्रेकअप पछि केही दिन समय चुपचाप बस्ने फिल्मकर्मीको तुलनामा झन् धेरै सक्रियता देखाएर कट्रिनाले आफूलाई ब्रके अपले फरक नपारेको सन्देश दिएकी छिन् ।

