Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कसले तताउला फिल्मी माहोल ?

फिल्मीखबर, काठमाडौं, 2016/01/21

फिल्म चल्नका लागि कथावस्तु त उत्कृष्ट हुनु नै पर्छ । साथमा कहिलेकाही भाग्यले पनि साथ दिनुपर्छ । नेपाली फिल्मको बजार त झन्, लक नै चलेको छ । कुन फिल्म चल्छ र कुन निर्माताको पल्लाभारी हुन्छ भन्ने कमैलाई मात्र थाहा हुन्छ ।


नेपाली फिल्मको बजार अहिले सुनसान छ । आशा गरिएका थुप्रै  फिल्मले पानी फ्याकिदिएपछि जाडो महिना पुरै ठन्डाराम भैरहेको छ । यस्तो अवस्थामा अब कुन फिल्मले यो माहोललाई जुरुक्क उठाउला भन्ने बहस हुनु स्वभाविक हो ।


पौष महिना त पुरै सुनसान नै बन्यो । ‘बागमती’ जस्तो आशा गरिएको फिल्मले निराशाको बादल छरिदिदा नेपाली फिल्मको माहोल तातेन । ‘फन्को’ले पनि आशा गरे अनुसारको दर्शक बटुल्न सकेन । यस्तो समयमा अब नेपाली फिल्ममा पारिलो घाम कतिबेला लाग्छ भन्ने प्रतिक्षा भएको छ ।माघ १५ देखि यसको अन्तिमसम्म ९ वटा फिल्म रिलिज हुनेछन् । यी ९ वटा फिल्मले पनि माहोल तताएनन् भने के होला । फागुन महिनासम्म पुग्नु भनेको नेपाली फिल्मका लागि ठूलो घाटा हो ।

 

आर्यन सिग्देल, खगेन्द्र लामिछाने, नन्दिता केसी, पूजा शर्मा, सुष्मा कार्की लगायतका कलाकारले के माहोल तताउन सक्लान् ? प्रतिक्षा गर्नैपर्छ । अनमोल केसी, शिल्पा पोख्रेल, नीता ढुंगाना जस्ता कलाकारसम्म पुग्दा नेपाली फिल्मको माहोल बनिसकेको हुनुपर्छ । यो जाडोमा फिल्मी माहोल तताउने फिल्म पक्कै पनि विजेता सावित हुनेछ ।

Most Visited News (monthly)