Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकीको `भाग सानी भाग`मा यस्तो भूमिका (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2016/01/21
चैत्र ५ गतेबाट प्रर्दशनमा आउन लागेको फिल्म 'भाग सानी भाग'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । केकी अधिकारी र सबिन श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्म ग्रामिण परिवेशमा आधारित छ ।

 
नवल नेपालको निर्देशन रहेको यो फिल्मलाई संगीतकार चेतन सापकोटा, बिष्णु चापागाईं, सहदेव गौतम र बिलोल पोखरेलले मिलेर निर्माण गरेका हुन् । पारिवारिक फिल्म बनाउन महिर मानिने निर्देशक नेपालले यो फिल्मलाई पनि पूर्णत पारिवारिक नै बनाएको प्रोमोले देखाउँछ । फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिने समेत प्रोमोबाट आश गर्न सकिन्छ । 
 
'भाग सानी भाग'मा केकी र सविनको साथमा निर शाह, लय संग्रौला, रमेश बुढाथोकी, रबिन्द्र खड्का, सुशिल पोखरेल लगायतको अभिनय छ । 
Most Visited News (monthly)