Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15535 - 15540 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-11-27, शुक्रवार

नेपालमा हिन्दी फिल्म तथा सिरियल बन्द गर्नुपर्ने भन्दै नेत्र विक्रम चन्द ’विप्लभ’ नेतृत्वको माओवादी पार्टीले 'राष्ट्रिय प्रतिरोध संघर्ष' सुरु गरेको छ । पार्टीले हरेक फिल्म हललाई पत्राचार गर्दै हिन्दी फिल्मको प्रदर्शन रोकेर राष्ट्रियताको पक्षमा उभिन र आफ्नो आन्दोलनलाई साथ दिन आग्रह समेत गरेको छ । 

फिल्मीखबर, काठमाडौं, 2015-11-27, शुक्रवार

फिल्म 'नोभेम्बर रेन'बाट राम्रै तारिफ पाएकी कलाकार हुन्, छुल्ठिम गुरुङ । डल्ली पात्रको रुपमा उनलाई यो फिल्मले चिनाएको थियो । तर, यसपछि उनले फिल्म नखेल्ने बताउँदै आएकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-27, शुक्रवार

प्राय पहिलो फिल्म खेल्ने अभिनेता तथा अभिनेत्रीको अगाडी डेब्यू झुन्ड्याइन्छ । यसपछि भने उनीहरूको डेब्यूको ट्याग बादलिन्छ । नयाँँ अभिनेता नयाँँ अभिनेत्री बिस्तारै पूराना हुँदै जान्छन् । कोही टिक्छन् भने कोही हराउँदै जान्छन् ।

एजेन्सी, मुम्बई, 2015-11-27, शुक्रवार

बलिउड बक्सअफिसका बादशाह स्टार सलमान खान अभिनिय फिल्म ‘प्रेम रतन धन पायो’ २ सय करोडमा प्रवेश गरेको छ । फील्मले रिलिजको १४ दिनमा कुल २ सय १ करोड ५२ लाखको बिजनेश गरेको हो । यो संगै सलमान स्टारर तीन फिल्म बलिउड बक्सअफिको दुई सय करोड क्लबमा पुगेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-26, बिहिवार

अभिनेत्री रेखा थापाविरुद्ध ठगीको उजुरी परेको छ । एक लाख रुपैयाँ लिएर कार्यक्रममा नगएको भन्दै खोटाङ जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध उजुरी परेको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-11-26, बिहिवार

मन्त्री राईले भने कसैले फिल्म हेर्न बोलाएर नआएको भन्दै सञ्चार मन्त्रालयको सचिवालयमा पत्र आएपछि फिल्मको कार्यक्रममा पनि पुगौं न त भनेर आएको भन्दै ५ मिनेट मात्र बस्ने भनाइ राखे । जब मन्त्रीले यस्तो भने तब दिएपछि निश्चलको अनुहार कालो निलो भयो । 

Results : 15535 - 15540 of 24018