फिल्म ‘बागमती‘ असफल भएपछि केही निराश देखिएका अभिनेता राजेश हमाललाई त्यसको असफलताले खासै फरक पारेन । फेसबुकमा निर्देशकलाई गाली गर्नु बाहेक हमालले अन्य कुनै खालका गल्ती महसुश गरेनन् । फिल्ममा सधै एकै खालका भूमिका गरेका हमालले ढल्कदो उमेरमा आफ्नो स्टारडम जोगाउन सकेनन् ।
जोगियोस् पनि कसरी महानायक अति सस्ता जो छन् । किनकी उनी पैसा आउने भनेपछि जस्तो सुकै कुरा पनि गर्न हिच्किचाउँदैनन् । फिल्म त छँदैछ उनी लोकगीत, दोहोरी गीत सबै खाले गीतका भिडियोमा अभिनय गर्न राजी हुन्छन् । हालै मात्र हमालले निर्देशक शिव वीकले निर्देशन गरेको लोक दोहोरी गीत ‘मेरो मुटुमा तिमी छौ’ बोलको गीतमा अभिनय गरेका छन् ।
हामीले यहाँ लोकगीतलाई नराम्रो भन्न खोजेका भने हैनौं । खाली हमाल चुजी भएनन् भनेर मात्र भन्न खोजिएको हो ।हुनत, फिल्म नगरिमा राजेशलाई पैसाको लोभ लाग्छ भन्नेहरु पनि छन् । पैसाकै लागि उनले जस्तो पायो त्यस्तो फिल्म खेलेको चर्चा पनि चल्ने गर्छ । उनै हमाल लाख रकम लिएर म्यूजिक भिडियो पनि छाड्दैनन् ।कलाकार भैसकेपछि केमा देखिने र केमा नदेखिने भन्ने निर्णय गर्नुपर्ने हो । थोरै मात्र कलाकार यही कुरालाई ध्यानमा राख्दै अगाडि बढेका छन् । तर, देशकै महानायक भने यस्तो कुरामा खासै ध्यान राख्दैनन् ।

