Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.00/5.00)
Text size:-
+
-

कमाइमा ‘एयरलिफ्ट’को उचाई

एजेन्सी, मुम्बई, 2016/01/25

समिक्षक र दर्शकको समेत राम्रो साथ पाएको बलिउड फिल्म ‘एयरलिफ्ट’ले कमाइमा पनि गतिलो फड्को मारेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मको विकेन्ड कलेक्शन ४४ करोड पुगेको छ ।


प्रदर्शनको पहिलो दिन शुक्रबार १२.३५ करोडको व्यापार  गरेको यो फिल्मको माउथ पब्लिसिटीका कारण शनिबार व्यापार बढेको थियो  । शनिबार यो फिल्मले १४.६० करोड कमाई गरेको छ । आइतबार बिदाको दिन फिल्मको व्यापार झन् बढ्यो र कुल १७.३५ करोडको कारोबार गर्न सफल भयो ।  


अक्षय कुमारको महत्वकांक्षी यो फिल्मको व्यापार हेर्दा यसले सय करोडको आँकडा पार गर्न सक्ने देखिएको छ । भारतकै पहिलो पोर्न कमेडी फिल्म ‘क्या कुल हे हम’३ सँग भिडन्त गर्नुपरेका कारण फिल्मको व्यापारमा असर परेको छ ।

 

तर ‘क्या कुल हे हम ३’को कमाई घट्दै गर्दा अक्षय कुमार अभिनित फिल्म ‘एयरलिफ्ट’को व्यापार भने बढेको छ । सन् १९९० मा इराकले कुवेतमाथि आक्रमण गर्दा त्यहाँ रहेका १ लाख ७० हजार भारतीयले भोग्नुपरेको समस्या र उनीहरुलाई गरिएको उद्धारको कथामा यो फिल्म बनेको छ । फिल्ममा अक्षय कुमारले अहिलेसम्मकै उत्कृष्ट अभिनय गरेको प्रतिक्रिया पाएका छन् ।

Most Visited News (monthly)