Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

बाहिरियो ‘आवेग’को ट्रेलर, धोका दिए आर्यनले

फिल्मीखबर, काठमाडौं, 2016/01/25

फिल्म ‘आवेग’को ट्रेलर बाहिरिएको छ । चैत्र १२ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको ट्रेलर, अडियो एल्बमको सूचना तथा संचारमन्त्री शेरधन राईले सार्वजनिक गरेका छन् ।बसन्त निरौलाको निर्देशनमा तयार भएको यो फिल्मको अडियो बिमोचनमा अभिनेता आर्यन सिग्देल उपस्थित भएनन् । उनी उपस्थित नभएपछि निर्देशक निरौलाले जुन कलाकारका लागि ७० लाख खर्च हुन्छ उसैले धोका दिएको भन्दै आक्रोश पोखे ।


आर्यनले आफू कार्यक्रममा आउने भन्दै पत्रकार सम्मेलनको लागि  समय दिएका थिए । तर, आर्यन सुटुक्क सोमबार नै गुल्मीतर्फ हिडेका छन् । जसले गर्दा कार्यक्रम केही खल्लो भएको थियो ।आर्यनका साथमा पवित्रा आचार्य, धु्रव दत्त, अर्चना डेलाला, रमेश वुढाथोकीको मुख्य भूमिका रहेको यो फिल्मलाई एक्सन शैलीको बनाईएको छ । जसमा आर्यन सिग्देल पूर्ण रुपमा एक्सन अवतारमा देखिएका छन् ।  


कार्यक्रममा संचारमन्त्रीले फिल्मलाई सफलताको शुभकामना दिए । साथै उनले चलचित्र नीति, बक्स अफिस र सेलिब्रेटी कार्डबारे आफूले गम्भिर रुपमा अध्ययन गरिरहेको जानकारी दिए । सूर्य कार्कीको प्रस्तुतीमा बनेको यो फिल्ममा झमक नारायण घिमिरे, धन सिंह केसी र राजेश्वर श्रेष्ठको लगानी छ । प्रस्तुतकर्ता सूर्य कार्कीले आफू ‘मेरो जीवन साथी’ नामक फिल्मबाट डुबेको भन्दै यसबाट उकासिने विश्वास व्यक्त गरे ।फिल्म ‘आवेग’ साउथ फिल्मको शैलीमा निर्माण भएको छ । जसले इनिसियल व्यापार गर्ने संभावना पनि देखिएको छ ।


ट्रेलर यस्तो छ - 

Most Visited News (monthly)