Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

भुवन र अनमोलको 'ड्रिम्स': नयाँ गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/01/25

ट्रेलरले ऐतिहासिक रेकर्ड कायम गरिसक्दा युवा स्टार अनमोल केसी स्टारर फिल्म 'ड्रिम्स'को अफिसियल गीत रिलिज गरिएको छ । युट्युवमा सार्वजनिक गीतका दृश्यहरु मनमोहक लाग्छन् भने फिचरिङमा रहेका अनमोल र नव अभिनेत्री साम्राज्ञ्यलक्ष्मीको जोडी पनि कमालको देखिएको छ । 

 

धेरै दर्शकहरुको प्रतिक्षित फिल्म बनिसकेको 'ड्रिम्स'को सार्वजनिक 'म के भनुँ' बोलको गीतमा स्वर हेर्कुलस बस्नेत र सोमिया बराइलीको छ भने शब्द तथा संगीत पनि गायक हर्कुलसको नै हो । त्यस्तै कोरियोग्राफी कविराज गहतराजको छ ।  यसअघि सार्वजनिक ट्रेलर १० लाख बराबर दर्शकले युट्युवमा हेरिसक्दा सार्वजनिक यो गीत पनि हिट हुने आँकलन निर्माण युनिटको छ । 

 

अभिनेता भुवन केसी निर्देशित यो फिल्ममा एसोसियट निर्देशकको रुपमा दिवाकर भट्टराई छन् । फिल्ममा अनमोल र साम्राज्ञ्यलक्ष्मीसँगै सन्ध्या केसी लिड रोलमा छन् । 'ड्रिम्स' आगामी फागुन २१ मा रिलिज हुँदैछ ।

 

Most Visited News (monthly)