Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगातसँग तस्बिर खिच्ने यी सुन्दरी को हुन् ?

फिल्मीखबर, काठमाडौं, 2016/01/25

अभिनेता सौगात मल्ल बाहिर हेर्दा सोझा जस्तो देखिन्छन् । फिल्मको पर्दामा विभिन्न खालको भूमिका निर्वाहा गर्ने सौगात बास्तविक जीवनमा भने कम बोल्छन् । झट्ट हेर्दा उनी सालिन पनि छन् । अहिलेसम्म कुनै हिरोइनसँग अफेयरको चर्चा बाहिरिएको पनि छैन । तर केही समययता मोडल सोनी केसी र सौगातका बीचमा केही पाकिरहेको फिल्मीबजारमा चर्चा छ ।

 


मोडल सोनी केसीले सौगातसँग खिचेको सेल्फीलाई लिएर चर्चा सुरु भएको हो । हुनत, देशकै चर्चित अभिनेतासँग तस्बिर राख्ने चाहना जोकोहीको पनि हुनसक्छ । र सोनीले पनि खिचेकी होलिन् तर हावाज चलाउने रुचाउनेलाई अरु के चाहियो र ?सौगात अभिनित फिल्म ‘फन्को’ प्रदर्शनको समयमा पनि मोडल सोनी केसीले खुबै प्रमोट सामाजिक संजालबाट गरेकी थिइन् ।

 

अहिले उनले सौगातसँग खिचिएको तस्बिर आफ्नो फेसबुकको प्रोफाइल नै बनाएकी छिन् । सोनी केसी केही म्यूजिक भिडियोमा काम गरेकी मोडल हुन् । सौगात र उनको तस्बिरमा विभिन्न खालको कमेन्ट आइरहेको छ । कतिपयले यो जोडीलाई वधाई पनि दिएका छन् । तर, सौगात र सोनी आफूहरुलाई साथी भन्न रुचाउँछन् । समयले देखाउला उनीहरु साथी मात्र हुन् कि उनीहरुबीच विशेष सम्बन्ध छ ।

Most Visited News (monthly)