Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

नयाँ हिरोको तुलना किन अनमोलसँगै ?

फिल्मीखबर, काठमाडौं, 2016/01/25

यतिबेला नेपाली फिल्ममा कोही स्टार जन्मेका छन् भने ती हुन्, अनमोल केसी । अनमोलको लुक्स, उनको मेन्टेन, स्टारडम देखेर विभिन्न खालका चर्चा छन् । अनमोलको हातमा फिल्मको अफर यति धेरै छ कि, उनी आफै कुन गर्ने र कुन नगर्ने भन्ने दोधारमा देखिन्छन् ।


उनै अभिनेता अनमोल केसीसँग अहिले बजारमा देखिएका नयाँ अभिनेताको तुलना हुन्छ । कुनै नयाँ अभिनेता आए भने अनमोललाई टक्कर दिने, अनमोलको चुनौती भन्दै मिडियामा गसिप बन्ने गरेको छ ।यतिमात्र होइन, फिल्म बनाउने निर्माता र निर्देशक पनि अनमोललाई टक्कर दिने हिरो भन्दै गफ दिन पछि पर्दैनन् । फिल्म ‘होस्टेल रिटन्र्स’बाट नेपाली फिल्ममा आएका अभिनेता सुशिल श्रेष्ठको तुलना अनमोलसँग नै भयो ।

 

अनमोलको चुनौतीदेखि अनमोललाई टक्कर दिने भन्दै उनको तुलना गरियो ।  फिल्म त जसोतसो चल्यो तर सुशिल खासै चलेनन् । सुशील चलेका भए सबै नभए पनि कमसेकम केही निर्माता सुशीलको पछि पनि हुन्थे होलान् ।  तर सुशिलसँग मुस्किलले दोश्रो फिल्म छ ।  प्रेमगीतका अभिनेता प्रदिप खड्काको तुलना पनि अनमोलसँग नगरिएको होइन । अहिले अभिनेत्री छुल्ठिम गुरुङको  निर्माण तथा अभिनय रहने नयाँ फिल्मको अहिले वर्कशप चलिरहेको छ ।

 

रमाइलो कुरा त के पनि रहेछ भने, यो फिल्मबाट एक नयाँ अभिनेता आउँदैछन् । जसलाई पनि अनमोललाई टक्कर दिने भन्दै निर्माणपक्ष भित्र चर्चा हुन थालेको छ । अनमोललाई टक्कर दिने हिरो भन्दै चर्चा भएकी उनको लुक्स पनि सार्वजनिक गरिएको छैन ।अनमोलनै निर्माता भएको फिल्म  ‘म त तिम्रै हुँ’ बाट पनि आकाश श्रेष्ठ नामका युवकको उदय हुँदैछ । उनलाई पनि अनमोललाई टक्कर दिने हिरो भनेर भन्ने गरिएको छ ।फिल्म नगरिमा ह्यान्डसम कुनै हिरो आउने वित्तिकै अहिले अनमोललाई टक्कर दिने भनेर हल्ला गरिन्छ । यसले स्वयं उक्त कलाकारको परिचय भने गुम्ने खतरा देखिन्छ ।

Most Visited News (monthly)