
नायिका रेखा थापाले सामाजिक संस्था ‘रक्षा नेपाल’ को संरक्षणमा रहेका महिला तथा बालिका गरी ३५ जनालाई तिजको कोसेली दिएकी छन् । रक्षा नेपालले सोमबार राजधानीको एक पार्टी प्यालेसमा आयोजना गरेको ‘रक्षा नेपालको दर एंव चेतनामुलक’ कार्यक्रममा रेखाले उक्त संख्यामा रहेका महिला तथा बालिकालाई कुर्ता सुरुवाल उपहार दिएकी हुन् ।

फिल्म ‘लभसभ’मा संलग्न कलाकार, निर्माता, निर्देशक सबैलाई ‘फ्लप’को लेबल लागेको थियो । फरक फरक फिल्ममा काम गरेका उनीहरु सबैले लामो समयदेखि सफलताको स्वाद चाख्न पाएका थिएनन् तर कम बजेटमा बनेको ‘लबसब’को सफलताले धेरैको ‘फ्लप’ वाला लेबल हटाईदिएको छ ।

फिल्म ‘नोभेम्बर रेन’बाट उदाएकी कलाकार छुल्ठिम गुरुङले यसपछि फिल्म नखेल्ने बताउँदै आएकी थिइन् । छुल्ठिमले आफूलाई फिल्म नगरिमा खासै रुची नभएको भनाई सार्वजनिक गरेर दर्शक निराश बनाएकी थिइन् ।

सुरज पंचोली अहिले सलमान खानले निर्माण गरेको फिल्म ‘हिरो’बाट बलिउडमा उदाएका छन् । तर, कुनै समय बलिउडले नै उनको साथ छोडिदिएको थियो । अभिनेत्री जिया खानले आत्महत्या गरेपछि सुरजलाई त्यसका लागि दोषी ठहराईएको थियो ।

हलिउडमा नाम कमाउदै गरेका नेपाली कलाकार जसवन्त देव श्रेष्ठले 'एकोलेड ग्लोबल फिल्म कम्पिटिसन'मा ‘बेष्ट लिडिङ एक्टर’को अवार्ड जितेका छन् ।

आर्यन सिग्देलले फिल्म ‘नोभेम्बर रेन’ र प्रियंका कार्की ‘सुन्तली’बाट उत्कृष्ट ठहरिएका छन् । शनिबार वितरण गरिएको एनएफडिसी राष्ट्रिय अवार्ड तेस्रो संस्करणमा उनीहरु उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड हात पारेका हुन् ।

