फिल्म ‘ड्रिम्स’को पहिलो गीत सोमबार सार्वजनिक गरियो । पहिलो गीतको दृश्यलाई लिएर अहिले फिल्म नगरिमा चर्चा भैरहेको छ । यो फिल्मको गीतलाई दर्शकले पनि रुचाएका छन् । कुनै पनि विदेशी फिल्मको भन्दा कम छैन, यसको दृश्य र खिचाई ।फिल्मको गीत सार्वजनिक भएपछि निर्देशक भूवन केसीकी पूर्व पत्नी सुस्मिता बमजमले उत्साह जनाउँदै स्टाटस लेखेकी छिन् । उनको स्टाटसमा छोरा अनमोलप्रति माया र उत्साह छ ।
उनले गीतका कोरियोग्राफर कविराज गहतराज, छायांकार पुरुषोत्तम प्रधानदेखि गीतका गायक हर्कुलस बस्नेतलाई पनि वधाई दिएकी छिन् । यो गीत तयार गर्नका लागि फिल्मका निर्देशक भूवन केसीको पनि ठूलो हात छ । तर, सुस्मिताको स्टाटसमा भूवनको नाम अटाएको छैन ।
भूवन केसी फिल्मका निर्देशक हुन्, गीत, एक्सनदेखि हरेक कुरामा उनको भूमिका अहंम हुन्छ । तर, सुस्मिताले भूवनलाई वधाई दिनका लागि शब्द खर्च गरिनन् ।भूवनसँग अलग भएपछि उनीसँग खासै टचमा नदेखिएकी सुस्मिताले निर्देशकलाई २ शब्द नखर्चुनु आफैमा अनौठो कुरा हो । के सुस्मिता अझै भुवनसँग रुष्ट छिन् ?

