Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसकारण चल्नैपर्ने छ 'प्रेमगीत'

बैकुण्ठ पराजुली, काठमाडौं, 2016/01/26
आउँदो माघ २९ गते अर्थात प्रेम दिवस पर्ने 'फेब्रुअरी १२' मा नेपाली फिल्म रिलिजको घमासानले अहिले नै माहोल गर्माईसकेको छ । तीन फिल्मको प्रतिस्पर्धा हुने निश्चित हुँदै गर्दा दर्शक कस - कसको पक्षमा देखिन्छन् त्यो समयले बताउँछ । तर अहिले निकै चर्चा र परिचर्चामा रहेको फिल्म 'प्रेमगीत'भने यसको निर्माण टिमदेखी कलाकारसम्मलाई चल्नैपर्ने अवस्था छ । 
 
पछिल्लो फिल्म 'चंखे शंखे पंखे' निर्माण टिमको यो  फिल्म निर्मातादेखी निर्देशक तथा लिड कलाकारको लागी दर्शकको नजरमा बस्नैपर्ने अनि बक्सअफिसमा पनि हिट बन्नैपर्ने देखिन्छ । कारणहरु यस्ता छनः
 
निर्माता सन्तोष सेन: यी निर्माताले गत बर्ष अहिलेसम्मकै धेरै बजेटको भन्दै फिल्म 'चंखे शंखे पंखे' मा लगानी गरे । व्यापक प्रचार प्रसारका बीच पनि फिल्मले आशातित बिजनेश गर्न सकेन् । प्रचारमा दम देखिए पनि हलमा दर्शकको उल्लेख्य साथ नहुँदा फिल्मले औसत बिजनेश गर्यो । दोश्रो पटक 'प्रेमगीत'मा लगानी गरेका छन् । यो फिल्म पनि करोड बढि बजेटको भनिरहँदा पुनः असफल भए पनि सन्तोषले फिल्मी बिजनेश छाड्न पनि सक्छन् । उनले 'प्रेमगीत'पछि पनि अर्को फिल्म निर्माणको घोषणा यसअघि नै गरिसकेका छन् तर उनलाई टिकाईरहन यो फिल्मको बिजनेशले खास अर्थ राख्नेछ, त्यसैले उनको लागी यो भ्यालेटाईन 'प्रेमगीत'मय हुनैपर्छ । 
 
निर्देशक सुदर्शन थापाः निर्देशनमा रहँदा रहँदै अभिनेताको रुपमा दुई फिल्ममा उदाएका निर्देशक थापालाई फिल्म उद्योगले निर्देशककै रुपमा देख्न चाहन्छ । 'मेरो एउटा साथी'बाट उदाएका यी निर्देशकका पछिल्ला फिल्मले आशातित सफलता पाउन सकेका छैनन् । 'धन्दा'देखि 'मधुमास' तथा 'चंखे शंखे पंखे' सम्म दर्शकको राम्रो साथ पाउन नसकेका उनको करियरमा 'प्रेमगीत' अर्थपुर्ण बन्नसक्छ । उनलाई पुनः सफल निर्देशकको ट्याग पहिरिनको लागी यो फिल्म चल्नैपर्छ ।
 
अभिनेत्री पूजा शर्माः पूजा शर्माले 'प्रेम गीत'लाई डेब्यू फिल्मको संज्ञा दिईसकेकी छिन् । कारण हो, उनीप्रति पछिल्ला फिल्ममा नदेखिएको दर्शक क्रेज । अहिलेसम्म पनि पूजा शर्माकै कारण हलमा आउने दर्शक नहुँदै गर्दा यी अभिनेत्रीलाई साख जोगाउन तथा हिरोईन क्रेज निर्माणको लागी पनि यो पटक हलमा दर्शक उर्लाउने चुनौती छ । 
 
अभिनेता प्रदिप खड्काः बर्षौदेखि पर्दामा हिरो बन्ने चाहना बोकेका यी युवाले दुई बर्ष पहिले आफ्नै ब्यानरमा केकी अधिकारी लिएर 'ठुलो मान्छे' फिल्म बनाए । त्यसको असफलतापछि रिमा विश्वकर्मालाई लिएर 'स्केप' बनाए त्यो पनि चलेन् । तर उनको मनोबल रोकिएन् 'प्रेम गीत'बाट बेग्लै पहिचान बनाउने सोच सहित यो फिल्म गरे । शिर्षगीतले निर्माण गरेको क्रेजका कारण हलमा पनि दर्शक उर्लिनेमा उनी आशावादी हुँदै गर्दा उनको करियरमा एक खुड्किलो पार गर्नको लागी यो फिल्म चल्नैपर्ने हुन्छ । भूकम्पपछि अष्ट्रेलिया हानिने सोचमा हुँदै गर्दा 'प्रेमगीत' फिल्म गरेको बोलेका प्रदिपलाई यो फिल्मले सफलताको स्वाद नचखाए उनी नेपालमै रहनेमा धेरै शंका छ । तर सार्वजनिक गीतले लिएको हाईपले उनको एक प्रकारको क्रेज बनिसकेको छ । म्युजिक भिडियोदेखि फिल्मसम्म अफर आउन सुरु भईसकेको उनले बताउँदै गर्दा माघ २९ पछिको फिल्म हलको बिजनेश उनको करियरमा खास अर्थ राख्ने हुनुपर्ने देखिन्छ ।
 
त्यसो त 'प्रेमगीत'को एक प्रकारको हाईप दर्शकमा बनिसकेको छ । शिर्ष गीत बर्षकै हिट लिस्टमा परिसक्दा फिल्म युनिटको मनोवल उच्च नै छ ।  तर युट्युवमा तथा अडियोमा हिट हुँदै गर्दा हलमा दर्शक उर्लिएको नेपाली फिल्मको ईतिहास छैन् । त्यसैले अन्य दुई चर्चाका फिल्म 'क्लासिक' र 'चलेछ बतास सुस्तरी'सँग भिड्दै उत्कृष्ट बन्नको लागी प्रेमगीत युनिटलाई राम्रै चुनौती छ । सार्वजनिक गीत तथा ट्रेलरमा देखिएको उच्च मेकिङले आशा गर्ने धेरै ठाउँ हुँदै गर्दा पनि फिल्म कस्तो बनेको छ भन्ने कुराले नै रिलिजपछिको बिजनेशमा अर्थ राख्नेछ ।
Most Visited News (monthly)