आफ्नो भन्दा बाहिरी ब्यानरमा काम नगर्ने भन्दै स्टारडम मेन्टेन गर्न खोजेका आर्यनले बोलेको महिना दिन नबित्दै आफ्नै भनाई विपरित काम थालेका छन् । आफूले अभिनय गरेका फिल्म अलपत्र छाडेर सार्वजनिक कार्यक्रममा देखिने उनको निर्णयले यही संकेत गरेको छ । आर्यन अहिले महोत्सवको दौडमा छन् । तर, उनै आर्यन यसरी बाहिर हिड्दा उनले काम गरेका केही फिल्मका निर्माता भने चर्को मारमा परेका छन् ।
आर्यनले राम्रो पारिश्रमिक लिएर काम गरेको फिल्म ‘आवेग’को पत्रकार सम्मेलनमा उनी उपस्थित भएनन् । आर्यनले म आउन सक्दिन भन्दा भन्दै निर्देशकले कार्यक्रम आयोजना गरेका थिएनन् । आफू सिनेजोन स्टूडियोमा हुने र कार्यक्रममा आउने भन्दै आर्यनले जानकारी दिएका थिए । यसैले एक सातादेखि आयोजना गरिने भनिएको कार्यक्रम आर्यनले समय दिएपछि भएको थियो । तर, आर्यनले निर्देशक बसन्त निरौलाको फोन नै नउठाई गुल्मी हिडिदिए ।
आर्यन पत्रकार सम्मेलनमा उपस्थित नभएपछि निर्देशक जंगिए । उनले आर्यनले आफूहरुलाई धोका दिएको बताए । निर्माताले आर्यनकै अनुहारमाथि ७० लाखको लगानी गरेका छन् । तर, आउछु भनेर पारिवारिक घुमघाम र महोत्सवको पैसा आउँछ भनेर त्यसरी हिड्नु के व्यवसायिकता होला र ?आर्यनले वुझ्नु पर्छ कि, उनी यिनै निर्माताको कारण फिल्म नगरिमा टिकेका छन् । तर कार्यक्रममा आउछु भनेर पनि उपस्थित नहुने आर्यनको व्यवहार व्यावसयिक कलाकारको जस्तो देखिदैन ।

