क्रिकेटर बिराट कोहलीसँग लभ परेपछि कोहलीले त कमाल गर्न सकेका छैनन् तर अनुष्का भने दिनानुदिन बलिउडका टप ब्यानरका फिल्म पाईरहेकी छिन् । नयाँ खबर अनुसार अभिनेत्री प्रियंका चोपडाले पनि आफ्नो होम ब्यानरमा अनुष्कालाई नै साइन गर्ने निर्णय गरेकी छिन् ।
‘बाजीराव मस्तानी’मा घोस्ट प्रोड्युसर बनेकी प्रियंकाले अब विधिवत प्रोडक्सन हाउस दर्ता गर्दै नयाँ फिल्म बनाउने तयारी सुरु गरेकी छिन् जसमा अनुष्का फाइनल भएकी हुन् ।रियंकाले पर्पल पेबल प्रोडक्सन नामको कम्पनी मार्फत अनटाइटल फिल्म बनाउन लागेकी हुन् । पुलिसको कथामा भन्ने फिल्ममा अनुष्काले मुख्य भूमिका निर्वाह गर्नेछिन् ।
हाल प्रिप्रोडक्सन चलिरहेको फिल्ममा प्रियंका निर्देशक पनि खोजिरहेकी छिन् । प्रियंकाले निर्देशनको अभिभारा पनि कुनै महिलालाई नै दिने सोच बनाएकी छिन् ।फिल्मको सुटिंग डिसेम्बरबाट सुरु हुनेछ ।

