अनेकन प्रचारबाजीका साथ हलमा आएको स्टारकास्टले भरिएको 'दिलवाले' फिल्म बिजनेशमा असफल भएपछि अहिले कलाकारहरुले फिल्म गर्नुलाई नै पछुतो मानिरहेका छन् । केहि दिन पहिले शाहरुखले 'दिलवाले' बिजनेशबाट दुःख लागेको बोलेका थिए । अहिले लिड अभिनेत्री काजोलले पनि 'दिलवाले' गरेको पछुतो लागेको बोलेकी छिन् । पाँच बर्षपछिको कमब्याक राम्रो नभएपछि उनले यो फिल्मलाई लिएर पछुतो मानेकी हुन् ।
सुजोय घोषको निर्देशन गर्न लागेको 'दुर्गा रानि सिंह'को प्रस्तावलाई वास्ता नगरेर उनले शाहरुख कै कारण 'दिलवाले' रोजेको बोल्दै जसको असफलताले दुःख लागेको जिकिर गरेकी छिन् । उक्त फिल्ममा उनलाई प्रहरी अफिसरको रुपमा देखाईने चर्चा हुँदैगर्दा त्यो सबै छाडेर 'दिलवाले' रोज्दा समेत यो फिल्मको अभिनय तथा पात्रमा नै दम नदेखिएपछि कमब्याक फिल्मले काजोलको करियरमा केहि कमाल गर्न सकेन् ।
पर्दामा धुम मच्याउने जोडी भन्दै शाहरुख र काजोललाई जोडेर अनेक प्रचार गरिएपनि बलिउड बक्सअफिसमा यो फिल्मले १ सय ५० करोडको आसपासमात्रै बिजनेश गर्न सक्यो । यो फिल्मसँगै प्रदर्शनमा आएको रणविक सिंह र दिपिका तथा प्रियंकाको 'बाजिराव मस्तानी'ले उछिनेपछि अभिनयमा तथा निर्देशनमा दम नदेखिएको भन्दै सुरुमै आलोचना समेत भएको थियो ।

