Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

वोर्ड सदस्यमा केसी पुग्दा दर्पण आक्रोशित

फिल्मीखबर, काठमाडौं, 2016/01/26
चलचित्र विकास वोर्डमा नयाँ सदस्यको रुपमा कलाकार उत्तम केसी नियुक्त भएका छन् । पुर्व सदस्य सुरेशदर्पण पोखरेल अमेरिकामा रहेको तथा लगातार दर्जनबढि बैठकमा अनुपस्थित भएको जस्ता कारण देखाउँदै उनको ठाउँमा सञ्चारमन्त्रीले केसीलाई नियुक्त गरेका हुन् । उनले मंगलबारबाट नै बोर्ड पुगेर कार्यभार सम्हालेका छन् । 
 
दिउँसो आयोजित कार्यक्रममा विकास वोर्डमा उनको स्वागत गरियो । वोर्ड अध्यक्ष राजकुमार राईले केसीलाई अबिर तथा खादा लगाएर स्वागत गरे भने केसीले पनि आफ्नो कार्यकालमा फिल्म उद्योगको पक्षमा उपलब्धिमुलक काम गर्नमा आफ्नो प्रयास रहने बोले । राजनीतिक नियुक्तिको शिकार बनिरहेको वोर्डमा  एमालेको नेतृत्वमा सरकार बन्दै गर्दा केहि महिना पहिलेदेखि  नयाँ सदस्य थप हुनसक्ने चर्चा चलिरहँदा एमाले निकट नै मानिएका केसी वोर्ड पुगेका हुन् । 
 
एमालेको फिल्मी संगठन जनपक्षिय चलचित्रकर्मी संघ अध्यक्ष केशव भट्टराईको विशेष पहलमा सञ्चारमन्त्री शेरधन राईले उनलाई नियुक्त गरेका हुन् ।  वोर्ड अध्यक्ष राई तथा हटाईएका सदस्य दर्पण कांग्रेस निकट मानिन्छन् । यसैले वोर्ड अध्यक्षलाई समेत सकेसम्म हटाउने मनस्थितीमा सञ्चारमन्त्री रहेको श्रोत बताउँछ । 
 
यसैबीच आफुलाई बिना कुनै जानकारी वोर्ड सदस्यबाट हटाईएको भन्दै अमेरिकामा रहेका निर्देशक समेत रहेका पुर्व वोर्ड सदस्य सुरेशदर्पणले आक्रोश पोखेका छन् । फेसवुकमा उनले लेखेको स्टाटसमा  संचारमन्त्रीले मनमोजी शैलीमा नियम कानुनको पर्वाह नगरि सम्बन्धित पक्षलाई सामान्य सफाई दिने अवसर समेत नदिई निरंकुश शैलीमा खल्तीबाट बोर्ड सदस्य हेरफेर गरेको आरोप लगाईएको छ । उनले यसको विरुद्धमा कानुनी लडाईंको लागी अदालत जाने संकेत समेत गरेका छन् ।
 
Most Visited News (monthly)