Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

प्रचारमा छल्केको आर्यनको ‘क्लासिक’ प्रेम

फिल्मीखबर, काठमाडौं, 2016/01/28
अभिनेता आर्यन सिग्देललाई हेर्ने हो भने कुनै कलाकारले यस्तो रफ्तारले फिल्मको प्रचार गर्छ र भन्ने धेरैलाई लाग्छ । आर्यनको दौडधुप र व्यस्तता अहिले यति धेरै छ कि, उनी गुल्मी, चितवन पुगेर फर्किएका छन् । अनलाइन, रेडियो, टीभी, पत्रिका हरेक ठाउँमा अन्तर्वार्ता दिन पुगेका छन् । आर्यनले यति धेरै समय सायद यस अगाडिका कुनै फिल्मलाई दिएका थिएनन् होला ।
 
आर्यनका लागि क्लासिक सर्वाधिक महत्वपूर्ण देखिएको छ । यो बर्ष आर्यनका ३ वटा फिल्म रिलिज हुनेछन् । जसमा सुश्री रिलिज भएर असफल भैसकेको छ । क्लासिक रिलिज भएको करिब डेढ महिनापछि आवेग रिलिज हुनेछ । आर्यनले आवेगको पत्रकार सम्मेलनमा समय दिएनन् । तर, उनी क्लासिकका लागि आफ्नो धेरै समय दिइरहेका छन् ।
 
यो बर्ष क्लासिक पनि चलेन भने आफूलाई अप्ठ्यारो पर्ने आर्यनले वुझेका छन् । आर्यन क्लासिकलाई आफ्नो अघिल्लो निर्माणमा बनेको फिल्म नोभेम्बर रेन भन्दा धेरै महत्वकांक्षी मानिरहेका छन् । आर्यनको यो आशाले पूर्णता पाउन माघ २९ गते हलमा क्लासिक हेर्नका लागि दर्शक आउनु पर्नेछ । आर्यन फरक कथावस्तु, नम्रता र आफ्नो जोडीका कारण पनि क्लासिक चल्छ भन्नेमा विश्वस्त छन् । सायद, यसैले पनि होला आर्यनले कुनै फिल्मका लागि यति धेरै समय दिइरहेका छन् ।
Most Visited News (monthly)