बलिउड स्टार अभिनेता आमिर खानले २००९ सालको ब्लकबस्टर फिल्म 'थ्री ईडियट्स'को सिक्वेल बन्नसक्ने संकेत गरेका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा उपस्थित हुँदै गर्दा मिडियाकर्मीले राखेको जिज्ञासामा आमिरले कमेडी जनराको उक्त फिल्मको सिक्वेल बन्ने तयारी भईसकेको कुरा खुलाएका हुन् ।
निर्देशक राजकुमार हिरानीसँग यो बिषयमा कुरा चलिसकेको उनले बताए । 'निर्देशकले 'थ्री ईडियट्स २'को लागी कथा भेटेको कुरा आफूसँग राखेको भन्दै आमिरले २०१६ अथवा २०१७ भित्रमा फिल्म बन्न सक्ने बताए । रिलिजको क्रममा बलिउडमा सर्वाधिक कलेक्शनको रेकर्ड राखेको 'थ्री ईडियट्स' फिल्मबाट आमिरको करियरमा ठुलो फड्को मारेको थियो ।
यो फिल्मबाट उनले कमेडी जनराको राम्रो कलाकार भएकोमा उनले प्रमाणित गरेका थिए । पछिल्लो रिलिज 'पिके'बाट उनले थप उचाई लिए । आमिर अहिले २०१६ को डिसेम्बरलाई रिलिज मिति तय भईसकेको फिल्म 'दंगाल'को काममा व्यस्त छन् ।

