फिल्म लक्ष्य चैत्र ५ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममा अभिनेत्री अनु शाहको साथमा अर्की एक अभिनेत्रीले पनि काम गरेकी छिन्, जसको नाम हो सारिका केसी । फिल्म कान्छी मट्याङ ट्याङमा काम गरेर फिल्म क्षेत्रमा आएकी सारिका लक्ष्यमा अनु भन्दा पावरफूल क्यारेक्टरमा छिन् । तर, सारिकाको चर्चा कमजोर छ ।
दुबै फिल्ममा यी अभिनेत्री सोझी गाउँकी यूवतीको भूमिकामा देखिइन् । सायद, यसैले पनि हुनसक्छ यी अभिनेत्रीको चर्चा हुन सकेको छैन । उनी भने आफू फिल्म क्षेत्रमा नै केही गर्ने सोचका साथ आएको भन्न पछि पर्दिनन् । सारिका म्यूजिक भिडियोमा पनि व्यस्त छिन् । मिडियामा खासै नखुल्ने भएका कारण पनि हुनसक्छ, सारिका केसीको चर्चा उनले सोचे जस्तो भएको छैन ।
फिल्म लक्ष्यको पत्रकार सम्मेलनमा अभिनेत्री अनु शाह अनुपस्थित नहुँदा सारिकाको चर्चा भएको थियो । तर, यसलाई उनले निरन्तरता दिन सकेकी छैनन् । फिल्ममा सोझी यूवतीको रुपमा देखिएकी सारिकाको करिअर बाहिर पनि यसरी नै सोझी बन्दा चल्छ होला र ?

