नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष तथा फिल्म निर्माता नवल खड्काले चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै छानबिन गराई पाउँ भनी काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दिइएको उजुरीले निकै हल्लाखल्ला मच्चाएको छ ।
बुधबार दिउँसो जिप्रकाले निर्माता संघ अध्यक्षसहित कार्यसमितिलाई नै अनिवार्य उपस्थिती हुन बोलाएपछि निर्माता संघको तर्फबाट कोही उपस्थित नभएपछि यसले अझ उग्र रूप लिने देखिन्छ ।
नवल नेतृत्वको समुहले संघ नेतृत्वलाई भवन निर्माण कोषमा रहेको २२ लाख रुपैयाँमध्ये १८ लाख रुपैयाँ झिकेको, सदस्यता नविकरण बापतको सात लाख रुपैयाँ दस्तुर दाखिला नगरेको जस्ता आरोप लगाएका छन् ।
राजकुमारले आर्थिक हिनामिना गरेको आरोप अस्विकार गर्दै आएपनि नवलले आरोपलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । नवलसँग जिल्ला प्रशासन कार्यालयमा फिल्मीखबरले गरेको कुराकानीको भिडियो हेर्नुस् जहाँँ उनी राजकुमारप्रति निकै आक्रोशित देखिएका छन् ।

