Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखराबाट फिल्म `तिमी नभए` बन्ने

फिल्मीखबर, पोखरा, 2016/01/27
गुरुङ सँस्कारमा आधारित नेपाली फिल्म 'तिमी नभए’ बन्ने भएको छ । हंग्री आई फिल्म प्रोडक्शनको ब्यानरमा बन्ने यो फिल्मको बुधबार पोखरामा शुभमुर्हत भएको छ । केहि दिनमै सुटिङ फ्लोरमा जाने फिल्मलाई नौजंग गुरुङले निर्देशन गर्दैछन् । 
 
गाऊँबाट शहर झरेर बस्ने सँस्कृतिले पछिल्लो समय परिवारमा कस्ता खाले समस्या दिएको छ भन्ने कुरालाई फिल्मले आफ्नो कथासार बनाएको शुभमुर्हतको क्रममा जानकारी दिईयो । परिवारमा साना कुराले ल्याउने ठुलाठुला समस्याको विषयमा फिल्मले बोल्ने निर्देशक तथा लेखक गुरुङले जानकारी दिए । 
 
फिल्ममा सोम गुरुङ, अनुता गुरुङ, सबिना गुरु, गौरी गुरुङ लगातयको अभिनय रहने निर्माणपक्षले जनाएको छ । फिल्ममा बालकलाकारद्वय युगजंग गुरुङ र युविनजंग गुरुङको विशेष भुमिका हुने निर्माणपक्षले जनाएको छ । फिल्ममा बुवाआमाबीच सम्बन्धमा समस्या आउँदा बालबालिकाहरुले कस्तो दुख पाउँछन् भन्ने कुरा यी दुई बालकहरुमार्फत देखाईनेछ । 
 
गणेशबहादुर गुरुङ, प्रताप गुरुङ, राहुल गुरुङ, डम्बर गुरुङ, अनु गुरुङ र रबिन गुरुङको सँयुक्त लगानीमा निर्माण हुने फिल्मलाई सन्तोष कोन्मेले खिच्नेछन् । सामिप्य तिमिल्सिनाको पटकथा र संवाद रहेको फिल्ममा बसन्त सापकोटाले संगीत दिएका छन् । मन क्षेत्री र संगीतकार सापकोटा आफैले यो फिल्मका लागि गीत लेखेका छन् । 
 
कास्कीकै पहिलो होमस्टे गाऊँ काभ्रेसँगै पोखरा आसपास र मनाङमा समेत फिल्मको छायाँकन हुने निर्माणपक्षले जनाएको छ । यो फिल्मको निर्माण लागत १५ लाख रुपैयाँ  लाग्ने निर्माणपक्षको अनुमान छ । 
 
Most Visited News (monthly)