माघ २२ मा तीन फिल्मको भिडन्त हुने पक्का भईसक्यो । चपलि गर्ल बिनिता बरालको 'सुपरहिट' नन्दिता केसीको ''कैफियत' तथा 'बिन्दास ३' तीन फिल्म पर्दामा आउने पक्का भईसक्दा यसैपनि चर्चित फिल्म रिलिज हुँदैगर्दा गर्मेको माघ महिनाको माहोललाई यो भिडन्तले थप रोचक बनाउँदैछ । धेरै फिल्म भिड्दै गर्दा हरेक निर्माण टिम तथा कलाकारलाई घाटा हुने निश्चित हुँदा पनि कोहि पनि पछि हटेनन् । यो भिडन्तले निर्माता निर्देशकमा मात्र होईन् कलाकारहरुको बीचमा पनि प्रतिस्पर्धा राम्रै गराउने देखिएको छ ।

यो मितिमा सुन्दर अभिनेत्री नन्दिता केसी पछिल्लो फिल्म 'लोग्ने मान्छे'पछि बर्ष दिनको अन्तरालमा पर्दामा आउँदैछिन् । पछिल्ला रिलिज केहि फिल्मले आशातित सफलता हात पार्न नसक्दै गर्दा उनको करियरमा केहि राहत थप्नको लागी 'कैफियत' चल्नुपर्ने दबाब छ । जसले 'चपली हाईट'बाट उदाएकी अभिनेत्री बिनिता बराल र नन्दिताको भिडन्त रोचक हुने देखिएको छ ।
बिनिताको पहिलो फिल्म नै हिट भयो । एक प्रकारको माहोल उनको पक्षमा देखियो, सुरुवातमा नै राम्रो चर्चा उनले बटुलिन् । तर दोस्रो फिल्म 'फुलस्टप'को बिजनेशमा नै फुलस्टप लागेपछि उनको करियरमा केहि धक्का पुग्यो । अहिले अमेरिकामा अध्ययनको क्रममा रहँदै गर्दा रिलिजको क्रममा रहेको फिल्म 'सुपरहिट' चल्दा मात्र उनको फिल्मी करियरलाई उचाई प्रदान गर्न सहज हुनेछ ।
दुई बर्ष पहिले तयार भएर पनि रिलिज हुन नसकेको यो फिल्मको प्रचारमा सुरुवाती दिनमा उनी खुबै लागिन् । तर निर्माण टिमले हलमा ल्याउन नसकेपछि उनको प्रचारले अर्थ राखेन् । माघ २२ मा फिल्म हलमा आउन लाग्दा उनी प्रचारमा लाग्न पाईनन् जसले उनलाई मात्र होईन् निर्माण टिमलाई पनि केहि घाटा हुनसक्छ तर उनको चपली हाईटको क्रेज जिवितै रहेको भन्दै स्वयंम बिनिता तथा निर्माण टिम फिल्ममा दर्शकको साथ मिल्नेमा आशावादी छ ।
बिनिता र नन्दिताको करियरमा ईँटा थप्नको लागी 'सुपरहिट' र 'कैफियत' दुबै फिल्म चल्नुपर्ने दबाब हुँदैगर्दा दर्शक कसको पक्षमा आउँछन् या दुबैले साथ पाउँदैनन् त्यो प्रतिक्षाको बिषय बनेको छ । तर यो सबै कुराको निर्क्यौल भने माघ २२ अर्थात अर्को हप्ता फिल्म रिलिज भईसकेपछि टुंगो लाग्नेछ ।

