
फिल्म प्रदर्शनको समयमा प्रचारमा खुबै साथ दिन्छु भनेकी अभिनेत्री गरिमा पन्त पनि अहिले घरजम गरेर बेल्जियममा बसेकी छिन् । गरिमा अब नेपाल आउने र आफू अभिनित फिल्म 'तीन घुम्ती'को प्रमोशन गर्ने संभावना कम छ ।

रणविर कपुर र कट्रिना कैफको ब्रेकअपको समाचारले अहिलेसम्म पनि बलिउड मार्केट गर्मिरहेको छ । बर्षौलामो सम्बन्धलाई फुलस्टप लगाउँदै यो जोडीले आफ्नो आफ्नो बाटो तताएको खबरले सनसनी मच्चाईरहेको छ । पछिल्लो खबर अनुसार यो जोडीको ब्रेकअप प्रभाव परिवारसम्म पुगेको छ ।

अभिनेत्री नन्दिता केसीको करिअरलाई नै उचाइमा लाने भनेर प्रचार गरिएको फिल्म कैफियत शुक्रबार अर्थात भोलीबाट देशभर लाग्दैछ । यो फिल्मको बारेमा जानकारी दिदै अभिनेत्री केसीले आफ्नो भूमिका केही सस्पेन्स भएको बताएकी छिन् ।

माघ २९ रिलिज फिल्म 'चलेछ बतास सुस्तरी'को नयाँ गीत बाहिरिएको छ । युट्युवमा सार्वजनिक 'सिमसिम' बोलको गीतमा लिड कलाकार प्रमोद भारद्वाज र सुष्मा कार्की फिचरिङमा छन् । टिपिकल नेपाली पना बोकेको तथा ठट्यौली पाराको गीतको भिडियो रोमाञ्चक छ ।

चर्चित अभिनेत्री करिश्मा मानन्धरले १२ बर्षपछि निर्माणमा फर्केर तयार पारेको फिल्म 'फागु' रिलिजको संघारमा छ । फागुन ७ लाई रिलिज मिति तय गरिएको यो फिल्मसँग करिश्माको नाम निर्मातामा मात्र आईरहँदा उनले फिल्म भित्र आफ्नो पनि अभिनय रहेको कुरा खुलाएकी छिन् ।

निर्देशक गणेशदेव पाण्डे अब नयाँ फिल्मको तयारीमा जुटेका छन् । फागुन १ गतेबाट छायांकनमा जाने उनको फिल्मको नाम 'गाँजाबाजा' राखिएको छ । यो फिल्मको कथालाई उत्कृष्ट बनाउन उनी अहिले लागिपरेका छन् ।

