मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

खुल्यो करिश्माको 'फागु' रहस्य

फिल्मीखबर, काठमाडौं, 2016/02/03
चर्चित अभिनेत्री करिश्मा मानन्धरले १२ बर्षपछि निर्माणमा फर्केर तयार पारेको फिल्म 'फागु' रिलिजको संघारमा छ । फागुन ७ लाई रिलिज मिति तय गरिएको यो फिल्मसँग करिश्माको नाम निर्मातामा मात्र आईरहँदा उनले फिल्म भित्र आफ्नो पनि अभिनय रहेको कुरा खुलाएकी छिन् । 
 
फिल्मीखबरसँगको अन्तर्वार्ताको क्रममा करिश्माले 'फागु'मा निर्मात्रीको रुपमा मात्र नभएर आफु एक कलाकार पनि रहेको कुरा खुलाईन् । निर्देशकले दिएको सानो भूमिका 'फागु'मा मैले पनि निभाएकी छु, करिश्माले फिल्मलाई उत्कृष्ट दाबी गर्दै भनिन्, 'आफ्नै लगानीमा बनेको फिल्मको कलाकारको रुपमा पनि आफु रहन पाउँदा गर्व महसुस भईराछ ।'
 
पछिल्लो पटक 'नयाँशक्ति' नामक एक राजनीतिक संगठनमा लागेकी करिश्माको चर्चा फिल्मसँग जोडिएर भन्दा पनि राजनीतिसँग जोडिएर भईरहँदा उनको फिल्म पनि 'नयाँशक्ति'को शिकार हुनसक्ने समाचार मिडियामा आएको थियो । यो बिषयलाई पनि खण्डन गर्दै उनले 'फागु' पर्दामा आएपछि दर्शकको साथ पाउने आशा सहित राजनीतिमा लाग्नु र फिल्म निर्माण फरक पाटोभन्दै त्यसको कुनै प्रभाव नपर्ने जिकिर गरिन् ।
 
करिश्मासँगको भिडियो कुराकानी छिट्टै नै फिल्मीखबर डटकममा प्रकाशित हुनेछ ।