मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'कैफियत'मा नन्दिता सस्पेन्स

फिल्मीखबर, काठमाडौं, 2016/02/04
अभिनेत्री नन्दिता केसीको करिअरलाई नै उचाइमा लाने भनेर प्रचार गरिएको फिल्म कैफियत शुक्रबार अर्थात भोलीबाट देशभर लाग्दैछ । यो फिल्मको बारेमा जानकारी दिदै अभिनेत्री केसीले आफ्नो भूमिका केही सस्पेन्स भएको बताएकी छिन् ।
 
फिल्मको निर्माण यूनिटले गरेको  पत्रकार भेटघाटमा उपस्थित नन्दिताले आफू सस्पेन्स भूमिकामा रहेकाले भूमिकाको बारेमा खुलाउन नमिल्ने बताएकी हुन् । नन्दिताले फिल्म पुरै सस्पेन्स खालको नभएपनि आफ्नो भूमिका थोरै सस्पेन्स रहेको बताइन् ।
 
नन्दिताले कैफियत टिमसँग काम गर्दा पारिवारिक वातावरण पाएकाले पनि सजिलो भएको बताएकी छिन् । कैफियतको व्यापार पनि राम्रो हुने भन्दै नन्दिताले आफ्नो कामलाई पनि दर्शकले रुचाउने दाबी गरेकी छिन् । दशरथ गिरीको निर्देशनमा तयार भएको यो फिल्ममा उनी नयाँ अभिनेता शंकरशाही ठकुरीसँग देखिएकी छिन् ।
 
फिल्मको गीतसंगीत, साउथ इण्डियन शैलीको मेकिङका कारण पनि दर्शकले कैफियतलाई रुचाउने नन्दिताले पत्रकारहसँग बताएकी छिन् ।