निर्देशक गणेशदेव पाण्डे अब नयाँ फिल्मको तयारीमा जुटेका छन् । फागुन १ गतेबाट छायांकनमा जाने उनको फिल्मको नाम 'गाँजाबाजा' राखिएको छ । यो फिल्मको कथालाई उत्कृष्ट बनाउन उनी अहिले लागिपरेका छन् । गणेशले यस अगाडि निर्देशन गरेको फिल्म मञ्जरीले चर्चा पाएपनि पछि चोरीको आरोप लागेको थियो ।
'गाँजाबाजा'लाई गणेशले काठमाण्डौकै वरिपरी खिच्नेछन् । फिल्म भित्र काठमाण्डौमा बस्ने दुई वेरोजगार यूवाको कथालाई देखाइनेछ । गाँजा खोज्दै हिड्ने २ यूवा यसकै चक्करमा लाग्दा कसरी उनीहरुको बाजा बज्छ भन्ने कथा फिल्ममा छ ।
फिल्ममा सुशिल सिटौला, बर्षा सिवाकोटी, अनुपम शर्मा, रविन थापा मुख्य कलाकारको रुपमा छन् । सुशिल 'होस्टेल रिटर्न्स' बाट उदाएका कलाकार हुन् । फिल्म 'गाँजाबाजा'ले देशको बर्तमान अवस्था र यूवाहरुमा देखिएका दिकदारीपनालाई बोल्ने उनको भनाई छ ।

