मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘तीन घुम्ती’को चासो न गरिमालाई न अरुलाई

फिल्मीखबर, काठमाडौं, 2016/02/04
फिल्म प्रदर्शनको समयमा प्रचारमा खुबै साथ दिन्छु भनेकी अभिनेत्री गरिमा पन्त पनि अहिले घरजम गरेर बेल्जियममा बसेकी छिन् । गरिमा अब नेपाल आउने र आफू अभिनित फिल्म 'तीन घुम्ती'को प्रमोशन गर्ने संभावना कम छ ।
 
गरिमाले बिहे गरेपछि निर्देशक बाबुराम ढकाललाई केही तनाव भएको छ । यसैले यो फिल्म नेपालमा तत्काल नलाग्ने भएको छ । बाबुराम पहिले विदेशमा फिल्म देखाएर भदौ तिर नेपालमा देखाउने सोचमा पुगेका छन् ।
 
स्वर्गिय नेता विश्वेश्वर प्रसाद कोइरालाले लेखेको चर्चित पुस्तक तीन घुम्तीमा आधारित रहेर तयार पारिएको यो  फिल्मको अहिले चर्चा कम छ ।
फिल्मका कलाकार ध्रुब दत्तले बेलायतमा यो फिल्मको शो गरिरहेका छन् । दत्तकै पहलमा भएको शोले राम्रै चर्चा पाइरहेको छ । हेर्दा लाग्छ, यो फिल्मको चासो ध्रुबलाइ मात्रै छ । 
 
फिल्मको प्रमोशनमा समेत साथ दिने कलाकार नभएपछि यसलाई तत्काल नेपालमा नचलाउने तयारी निर्देशकले गरेका हुन् । फिल्ममा गरिमा पन्त, धु्रव दत्त, सुशांन्त मैनाली मुख्य भूमिकामा छन् ।