मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

परिवारसम्म पुग्यो रणविर - कट्रिना ब्रेकअप लफडा

एजेन्सी, मुम्बई, 2016/02/04
रणविर कपुर र कट्रिना कैफको ब्रेकअपको समाचारले अहिलेसम्म पनि बलिउड मार्केट गर्मिरहेको छ । बर्षौलामो सम्बन्धलाई फुलस्टप लगाउँदै यो जोडीले आफ्नो आफ्नो बाटो तताएको खबरले सनसनी मच्चाईरहेको छ । पछिल्लो खबर अनुसार यो जोडीको ब्रेकअप प्रभाव परिवारसम्म पुगेको छ ।
 
रणविरले कट्रिनाको आमाले गरेको फोन कललाई समेत वास्ता नगरेको बलिउड अनलाईनहरुले लेखेका छन् । कट्रिनासँगको सम्बन्धको बिषयलाई लिएर रणविरसँग कुरा गर्न कर्टिनाकी आमाले खोज्दैगर्दा त्यो हुन नसकिरहेको उल्लेख छ । कट्रिनाकी आमा सुजैन टरक्योटसँग रणविर कुरा गर्न समेत तयार नभएको बुझिन्छ । 
 
यो भईसक्दा सुजैनले रणविरकी आमा नीलु कपुरलाई समेत फोन गरेकी छिन् । त्यसपश्चात उनले रणविर र कट्रिनाको सम्बन्धलाई सुभारको गती दिन खोजिरहँदा निलुले भने यो सबै रणविरको ईच्छाका कारण हुने भन्दै सुजैनको आग्रहलाई ईन्कार गरेको बताईएको छ ।