Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15487 - 15492 of 23747
फिल्मीखबर, काठमाडौं, 2015-09-22, मंगलवार

बडा दशैको छेको अर्थात कार्तिक ३ गते फूलपातीलाई प्रदर्शन मिति तोकेको शिबम अधिकारी निर्देशित चलचित्र ‘सुश्री’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । अभिनेता आर्यन सिग्देल स्टारर फिल्म ‘सुश्री’ को सार्बजनिक ट्रेलरमा मुख्य पात्र आर्यन र डेब्यु हिरोइन आशिका तामाङलाई उच्च प्राथमिकतामा प्रस्तुत गरिएको छ ।

एजेन्सी, मुम्बई, 2015-09-22, मंगलवार

आमिर खान र शाहरुख खानको सिको गर्दै सलमान पनि अब भिलेनको रुपमा देखिने भएका छन् । सलमानलाई दर्शकले ‘किक २’मा भिलेनको रुपमा देख्न पाउनेछन् ।
साजिद नाडिावालाको निर्देशक रहेको फिल्म ‘किक’ सुपरहिट भएपछि निर्माताले यसको सिक्वेलको तयारी गरिरहेका छन् । स्रोतका अनुसार फिल्ममा सलमानले भिलेनसँग हिरोको पनि भूमिका निर्वाह गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-22, मंगलवार

 आउँदो हप्ता आधा दर्जन फिल्म नेपाली पर्दामा देखिने दाऊमा छन् । तीन नेपाली दुई अमेरिकन र एक हिन्दी ६ फिल्मले आउँदो शुक्रबारदेखि सार्वजनिक प्रदर्शनी थाल्ने घोषणा गरेका छन् । तर यति धेरै फिल्म कहाँ र कुन हलमा लाग्छन् सबैमा कौतुहलको विषय छ ।आउँदा शुक्रबार ‘चंखे शंखे पंखे’, ‘भाले फाइट’ र ‘कामचोर’ नामका नेपाली फिल्मले सार्वजनिक प्रदर्शन थाल्ने दाबी गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-22, मंगलवार

हाँस्यकलाकारहरुले निर्माण गरेको चलचित्र वडा नम्बर ६ हेर्न सोमबार साँझपूर्व प्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराई, सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, एमाओवादी नेतृ हिसिलायमी कुमारी हलमा पुगेका थिए । चलचित्रको युनिटसँगै बसेर सिनेमा हेरेका नेताहरुले चलचित्र राम्रो बताए ।

फिल्मीखबर, पोखरा, 2015-09-21, सोमवार

पछिल्लो समय फिल्ममा अभिनयको लागि कलाकारलाई अडिसनबाट छान्ने प्रचलन नेपालमा पनि बाक्लिँदै छ । यसरी कलाकार छनौट गर्दा उत्कृष्ट कलाकार छान्न सकिने भएपछि फिल्म निर्माण यूनिटहरु यसतर्फ आकर्षित भएका हुन् । पछिल्लो पटक विकास आचार्यले निर्देशन गर्ने फिल्म ‘नाई नभन्नु ल ४’ले पनि अडिसनमार्फत मुख्य कलाकारहरु छनौट गरेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-09-21, सोमवार

अहिले नेपाली फिल्मका कलाकार फेसबुकका लागि फिल्म खेल्छन् या दर्शकका लागि, वुझ्नै गाह्रो छ । झन्, कम मात्र फिल्म अफर आउने कलाकारलाई त एउटा फिल्म खेल्दा खुबै हुन्छ । उनीहरु दैनिकजसो सामाजिक संजालमा तस्बिर पोष्ट गर्छन् र आफूले फिल्म खेलिरहेको जानकारी गराउछन् । आफ्नो फिल्म भित्रको  गेटअप, भूमिका सबै उनीहरु सामाजिक संजालबाट नै सार्वजनिक गरिदिन्छन् ।

Results : 15487 - 15492 of 23747
Most Visited News (monthly)