Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15481 - 15486 of 23747
एजेन्सी, मुम्बई, 2015-09-24, बिहिवार

शाहरुख खानले रिलिज नहुँदै कपिल शर्माको डेब्यु फिल्म हेरेका छन् । कपिलले शाहरुखकै लागि भनेर हैदरावादमा शाहरुखलाई फिल्म देखाएका थिए । शाहरुख हाल फिल्म ‘दिलवाले’को सुटिङका लागि हैदरावादमै छन् । शाहरुखसँगै बरुण धवन र कृति सेननले समेत फिल्म हेरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2015-09-24, बिहिवार

नेताहरुलाई संविधानसभाले राम्रै थकाए छ । त्यही भएर होला थकाई मेट्न नेताहरु पालैपालो नेपाली फिल्म हेर्न हलसम्म आउन थालेका छन् । दुई दिन अघि बाबुराम भट्टराई, मिनेन्द्र रिजाल र हिसिला यमी आदि नेताहरु मधेशी नेताहरुसँग वार्ता गर्न छाडेर ‘वडा नं ६’ हेर्न कुमारी पुगेका थिए । अर्को दिन फेरि एमाओवादीकै अर्का नेता नारायण काजी श्रेष्ठ पनि ‘वडा नं ६’ नै हेर्न सहयोगीका साथ पुगेका थिए ।

एजेन्सी, मुम्बई, 2015-09-23, बुधवार

तिहारमा रिलिज हुन लागेको सलमानको फिल्म ‘प्रेम रतन धन पायो’ले रिलिज अगावै २ सय तीन करोड कमाई गरेको छ । फिल्मले विभिन्न अधिकार बिक्रि वापत् यत्तिको कमाई गरेको हो । राजश्री प्रोडक्सनले बनाएको फिल्मले वितरण अधिकार वापत् मात्र  १ सय ३५ करोड लिएको छ । फिल्मलाई फक्स स्टार स्टुडियोजले यत्ति महंगो रकममा किनेको हो । वितरण कम्पनीेले यो पैसा उठाउन फिल्मले कम्तीमा साढे दुई सय करोडको व्यापार गर्नु पर्नेछ ।

फिल्मीखबर, काठमाडौं, 2015-09-23, बुधवार

मोडल तथा अभिनेत्री रिमा विश्वकर्मा वैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । रिमाले आउँदो आइतबार लण्डन बस्दै आएका रोबर्ट विश्वकर्मासँग विवाह गर्न लागेकी हुन् ।
वैवाहिक कार्यक्रम बौद्धको होटल हायातमा सम्पन्न हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2015-09-23, बुधवार

नेफ्टा अवार्डमा सहभागि हुन मंगलबार कतार प्रस्थान गरेका फिल्मकर्मीको जम्बो टोली दुबईको शारजहाँ एअरपोर्टमा अलपत्र परेका छन् । दुबई ट्रान्जिट हुँदै कतार हिंडको फिल्मकर्मीको टोलीलाई दुबईकै अध्यागमनले रोकेपछि यो समाचार तयार पार्दासम्म करिब ४० फिल्मकर्मी दुबई एअरपोर्टमै अलपत्र परेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-23, बुधवार

'भैरव` फिल्मबाट नाम र दाम दुबै कमाउन सफल अभिनेता निखिल उप्रेती अभिनित अर्को फिल्म 'लुटेरा'को टिजर रिलिज गरिएको छ । एक्सन शैलीको उक्त फिल्म आउँदो कार्तिक २७ गते रिलिज हुनेछ । 

Results : 15481 - 15486 of 23747
Most Visited News (monthly)