मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

सिमसिम पानीमा सुष्मा र प्रमोद (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/02/04
माघ २९ रिलिज फिल्म 'चलेछ बतास सुस्तरी'को नयाँ गीत बाहिरिएको छ । युट्युवमा सार्वजनिक 'सिमसिम' बोलको गीतमा लिड कलाकार प्रमोद भारद्वाज र सुष्मा कार्की फिचरिङमा छन् । टिपिकल नेपाली पना बोकेको तथा ठट्यौली पाराको गीतको भिडियो रोमाञ्चक छ । 
 
सार्वजनिक गीतलाई प्रदिप भारद्वाजले लेखेका हुन् भने संगीत विकास चौधरीले भरेका छन् । गीतमा जेम्स प्रधानको स्वर समावेश छ भने कोरियोग्राफी राम्जी लामिछानेले गरेका छन् । रिलिज मिति नजिकिँदै गर्दा निर्माण ब्यानरले प्रचारलाई थप व्यापक बनाउन यो गीत सार्वजनिक गरेको हो । 
 
प्रदिप भारद्वाजको कथा तथा निर्माणका तयार भएको 'चलेछ बतास सुस्तरी'लाई दुई महिला निर्देशक सबु सुबेदी त अनिला खढ्काले तयार पारेका हुन् । हरी घले लामाले खिचेको यो फिल्ममा द्वन्द्व रोशन श्रेष्ठको छ । 
 
गीत हेर्नुहोसः